२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र लेखकलाई पक्राउको माग गर्दै उजुरी दिन जिल्ला प्रहरी परिसर पुगे सुधन समुह



अ+ अ-

काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङ समुह पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं जाँदै छन् ।

गुरुङ जिल्ला प्रहरी परिसरमा पुगेर दुबै नेताविरुद्ध औपचारिक उजुरी दर्ता गर्न लागेका हुन् । उनले दुबै नेताले जनताको भावना विपरीत अभिव्यक्ति र कार्य गरेर राजनीतिक अस्थिरता फैलाएको’ आरोप लगाएका छन् ।

गुरुङले सामाजिक सञ्जालमार्फत उनीहरूलाई पक्राउ गर्नुपर्ने भन्दै सोमबार दिउँसोदेखि नै सामाजिक सञ्जालमा अभियान थालेका थिए ।