१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालबाट रोशनीको एकल उम्मेदवारी



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) को साउथ एण्ड इस्ट एसियाको रिजनल काउन्सिलरका लागि नेपालबाट रोशनी अधिकारी पाठकको एकल उम्मेदवारी परेको छ ।

रिजनल काउन्सिलर जिताउन परराष्ट्र मन्त्रालयले विदेशस्थित दूतावासमार्फत् लबिङ गरिरहेको छ । काउन्सिलर निर्वाचित गर्न आइयूसीएनका सदस्य राष्ट्रका प्रतिनिधिले मतदान गर्न पाउछन् ।

यूएइको आबुधाबीमा असोज २३ देखि हुने वर्ल्ड कन्जरभेसन कंग्रेसमा मतदानबाट काउन्सिलरको छनोट हुनेछ ।

काउन्सिलरको उम्मेदवारी दिएकी अधिकारी २ दशकदेखि वातावरण पत्रकारिताको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँले सन् २०२२ अक्टोबर देखि २ वर्षे कार्यकालका लागि नेपाल वातावरण पत्रकार समूहको अध्यक्षको जिम्मेबारी निर्बाह गर्नुभएको थियो ।

अधिकारीले नेपालले व्यहोर्नु परेको जलवायु परिवर्तनको मुद्दालाई विश्व मञ्चमा पुर्‍याउने बताउनु भयो । उहाँले भन्नुभयो ‘म आइयूसीएनको काउन्सिलर निर्वाचित भएमा हिमालय क्षेत्रको संरक्षण र इको सिस्टम बचाउन अभियान चलाउने छु।’