१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो
सांकेतिक तस्बिर
अ अ+ अ-

काठमाडाैँ । गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ । मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको हो ।

उहाँले सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र र वीरगञ्जस्थित नारायणी अस्पतालमा औषधिको अभाव देखिएपछि तत्कालका लागि क्रमशः ३० र १०० भायल एन्टी स्नेक भेनम पठाइएको जानकारी दिनुभयो । अन्य उपचार केन्द्रमा पनि मागअनुसार औषधि पठाउन थालिएकोछ । डा यादवका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल ९०० भायल एन्टी स्नेक भेनम मौज्दात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको छ । “सर्पदंशविरुद्धको औषधि कुनै पनि उपचार केन्द्रमा अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको छ”, उहाँले भन्नुभयो ।

पछिल्ला केही दिनयता अत्यधिक गर्मीका कारण रौतहट, बारा र पर्सालगायत जिल्लामा सर्पदंशका घटना बढेको पाइएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार अस्पतालमा दैनिक १० देखि १५ जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन् । ग्रामीण क्षेत्रमा खेतबारी तथा घर वरपर सर्पको बढेसँगै जोखिम थपिएको उहाँले बताउनुभयो ।

केही दिनअघिसम्म एन्टी स्नेक भेनमको अभाव देखिए पनि हाल अस्पतालमा १०० भायल औषधि मौज्दात रहेको अस्पतालले जनाएको छ । डा सिहले सर्पदंशबाट जोगिन राति सुत्दा झुल प्रयोग गर्न, घरवरपरको झाडी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गर्नुभयो ।

मधेस प्रदेश सरकारले सर्पदंशलाई मनसुन र गर्मीयाममा बढी देखिने सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित तुल्याएको जनाइएको छ ।