२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता – ‘यो युद्ध’



अ+ अ-

यो पक्कै युद्ध थियो ।
मान्छे मरिरहेका थिए,
सडक र गल्लिहरुमा लाशहरु थिए,
अनि मलामीहरु घरभित्र;
ठुला अएथतन्त्रहरु ढलेका थिए,
साना देशहरु झन् गलेका थिए;
समय साँच्चै भयानक थियो  ।
यो त्राशदीबाट कुनै देश अछुतो थिएन
एक एक मान्छे लड्दै थिए,
मोर्चामा नहुनुको कसैलाई पछुतो थिएन
साँच्चै यो असाधरण युद्ध थियो
वास्तवमा विश्वयुद्ध थियो ।

यो युद्ध वा महयुद्ध जे थियो,
बडो उदेकलाग्दो थियो !
कुनै रोमेल, तोजो वा आइजनहावरले
आफ्ना सेनालाई लड्न
मैदानमा जाने निर्देश दिएनन् ;
ती आ-आफ्ना ब्यारेकभित्रै  थिए ,
“खबर्दार, निस्कौला!”जर्सापको उर्दि थियो ।
यो लडाइँमा अघि सरेर जाने मूर्ख थियो ,
चुपचाप पर्खेर बस्ने कायर थिएन ।
यो युद्धमा मान्छेले मार्नु कसैलाई थिएन ;
बाँच्नु नै जीत थियो, हार्नु कसैलाई थिएन ।

आफ्नो निरिहता उसले देख्यो
अमोघ ठानेका अस्त्रहरुको व्यर्थतामा !
उसका अभेद्य किल्लाहरु फोरिएका थिए;
हिजो उनीहरु सिमा कालागि  लड्दै थिए,
आज आँगनमा लक्ष्मणरेखा कोरिएका थिए ।
अझ अचम्म त मान्छे आफुले बनाएको
बन्दुकको गोली खाएर मरेनन् ,
आफुले नबनाएको औषधिको
गोली खान नपाएर मरे ।

तर यो लडाइँ हारजीतको थिएन ।
थाहा भयो उसलाई
जीवनको सर्वोच्चता जीत मात्र होइन
यहाँ दुश्मन हारेको कदापी थिएन
उसले भने जितेर पनि हारेको थियो ।
यो अस्तित्वको लडाइँ थिएन ;
अस्तित्वबोधको लडाइँ थियो ।
कसैको दम्भको पराकाष्टा थिएन;
मानव अहँकारलाई चेतावनी थियो ।

ईतिहास साक्षी छ
सायद एउटा अदृश्य सिमा छ
मान्छेका लाखौँ गल्ती र किरिमिरी पछि
प्रकृतिको नियममा पनि साफी छ !
महाप्रलय नै चहिन्न त्यसकालागि
सूक्ष्म भाइरस मात्रै  पनि काफी छ ! !

सागर शिवाकोटी