२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाङटाङ क्षेत्रमा अलपत्र परेका बाह्र पदयात्रीको सकुशल उद्धार



अ+ अ-

रसुवा । लाङटाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेका छन् ।

पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो ।

सबैलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । लाङ्टाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता छन् ।