१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन रोकियो मन्त्रीद्वय घिसिङ र अर्यालको इलाम जाने कार्यक्रम ?



अ+ अ-

काठमाडौं । पहिरोबाट प्रभावित इलाममा गएर अवलोकन गर्ने मन्त्रीद्वय कुलमान घिसिङ र ओमप्रकाश अर्यालको कार्यक्रम स्थगित भएको छ ।

मन्त्रीहरु घिसिङ र अर्याल आज बिहान ११ बजे त्यसतर्फ जाने तयारी थियो । तर अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको हो ।

यसअघि काठमाडौंबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भएको थियो ।

तर विमानको टिकट नपाएपछि आजका लागि तय भएको कार्यक्रम स्थगित भएको बताइएको छ ।

अब राहत सामग्री समेत बोकेर छिट्टै इलाम जाने कार्यक्रम बनाउने तयारी छ ।

पहिरोले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् ।