काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय गरेको उम्मेदवारमा हेरफेर गरेको छ ।
एमालेले १९ जनाको नाम टुंगो लगाएर सार्वजनिक गरेकोमा अन्तिम समयमा आएर दुईजना उम्मेदवार परिवर्तन गरेको हो ।
प्रदेश नम्बर एक खुला र गण्डकी प्रदेशको दलिततर्फ उम्मेदवार परिवर्तन भएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
प्रदेश नम्बर १ खुलातर्फ देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराललाई एमालेले उम्मेदवार बनाएको हो । उनी मोरङका पूर्व सांसद पनि हुन् ।
यस्तै यसअघि गण्डकी प्रदेशको दलिततर्फका उम्मेदवार गोविन्द बहादुर नेपालीलाई उठाउने निर्णय गरिएकोमा अर्जुन कुमार सुनामलाई उठाउने निर्णय भएको हो ।