४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन
चोभारमा बागमती नदीको बहाव हेर्दै सर्वसाधारण काठमाडौँ चोभारमा शनिबार अविरल वर्षा हुँदा बागमती नदीमा बढेको पानीको बहाव हेर्न आएका सर्वसाधारण ।तस्बिर : हरिराम भेटुवाल/रासस
अ+ अ-

काठमाडौँ : गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो । आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ । आज दिनभर नै कोशी प्रदेशका अधिकांश भागमा मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले आज बुलेटिन सार्वजनिक गरिसकेको छ ।

कोशी प्रदेशका केही जिल्ला अति भारी वर्षा हुने र कोशी जलाधार क्षेत्रमा पर्ने साना ठूला नदीहरुमा बहाव उल्लेख्ने बढ्ने विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली जानकारी दिनुभएको छ । इलामलगायत पहाडी जिल्लामा बढी वर्षा हुँदा पहिरोको पनि उत्तिकै जोखिम रहेको उहाँले पूर्वानुमान गर्नुभयो ।

यो बेलामा धेरै प्रयोग गरिने शब्दहरु हुन् हल्कादेखि मध्यम , भारी , धेरै भारी र अति भारी वर्षा । यस्तै हल्का बदली, आंशिक बदली र साधारणतया बदली र पूर्ण बदलीजस्ता शब्द पनि मौसमविद्हरुले प्रयोग गरिरहेका छन् र यो हिजो र आजको वर्षामा पनि धेरै प्रयोग भएको शब्द हो ।

जल तथा मौसम विज्ञान विभागले आफ्ना सूचनाहरुमा उक्त शब्द नियमित रुपमा प्रयोग गर्दै आएको छ । मौसमसम्बन्धीका जानकारहरुले यी शब्दहरु बुझ्न सक्छन् तर आम सर्वसाधारणले यस्ता प्राविधिक शब्दहरु नबुझेका हुनसक्छन् । तपाइँ पनि यी शब्दबारे दोधारमा हुनुहुन्छ भने अब प्रष्ट हुनुहुन्छ ।

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षा मापन

जल तथा मौसम विज्ञान विभागले ती शब्दहरुको परिभाषित नै गरेको छ । यस्ता प्राविधिक शब्द र भनाइलाई उसले अथ्र्याएर जानकारी दिने गरेको छ ।

बेलाबेलामा भिडियोमार्फत पनि यस्ता शब्दका बारेमा यसरी जानकारी दिने गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

विभागका अनुसार १० मिलिमिटरभन्दा कम वर्षा मापन भएको अवस्थालाई हल्का वर्षाको रुपमा परिभाषित गर्ने गरिएको छ । दश मिलिमिटरभन्दा माथि र ५० मिलिमिटरभन्दा तलको वर्षालाई मध्यम वर्षा भनेर उल्लेख गर्ने गरिएको छ । ५० मिलिमिटरदेखि माथि १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षाका रुपमा मापन गर्ने गरिएको छ ।

यस्तै १०० मिलिमिटरभन्दा माथि २०० मिलिमिटरभन्दा तलको वर्षालाई धेरै भारी वर्षा भन्ने गरिएको छ । यस्तै २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षाको वर्गमा राखिने गएिको विभागले जनाएको छ ।

हल्का बदली, अधिकांश बदली र पूर्ण बदली

यस्तै बदलीका बारेमा पनि बुझ्न जरुरी छ । विभागले वर्षाको जस्तै बदलीको बारेमा समेत परिभाषित गरेको छ । बादल नभएको अवस्थालाई मौसम सफा भनिन्छ । आकाशको २५ प्रतिशत भागमा बादल लागेको अवस्था छ भने त्यसलाई मुख्यतया सफा भनेर भन्ने गरिएको छ ।

छब्बीसदेखि ५० प्रतिशतसम्म बादल लागेको अवस्थालाई आंशिक बदली भनिन्छ । साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशत बादल लागेको अवस्थालाई जनाउँछ ।

यस्तै ७६ प्रतिशतमाथि ८८ प्रतिशतसम्म आकासमा बादल लागेको छभने अधिकांश क्षेत्रमा बदली भन्ने गरिएको छभने १०० प्रतिशत बादल लागेको अवस्थालाई भने पूर्ण बदली भनेर परिभाषित गर्ने गरिएको मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभएको छ ।रासस