२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीको मोटरसाइकलसहित दुई पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत बौद्ध र नयाँबस्ती प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्राप्त विशेष सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका–५ बासुकीनगरबाट बा४२प ८०९ र बा८९प ९५४१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित ओखलढुङ्गा घर भई गोकर्णेश्वर नगरपालिकामा बस्दै आउनुभएका २० वर्षीय ङिमा लामा र सोही ठाउँका २० वर्षीय धनबहादुर तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबै जनाको साथबाट प्रदेश ३–०२–००९ प २०५९ नम्बर भएको नम्बर प्लेट दुई थान र ५१ हजार नगदसमेत बरामद भएको कार्कीले जानकारी दिनुभयो । आइतबार पक्राउ परेका उनीहरुको आज काठमाडौँ जिल्लाबाट म्याद थप गरी थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।