१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय कप्तानबाट पनि हटे रोहित शर्मा, शुभमनलाई जिम्मेवारी



अ+ अ-

काठमाडौँ। रोहित शर्मालाई भारतको एकदिवसीय टोलीको कप्तानबाट हटाइएको छ।

अष्ट्रेलिया विरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको लागि घोषणा गरिएको भारतीय टोलीमा रोहित शर्मा समावेश भए पनि कप्तानको जिम्मा खोसिएको छ । उक्त श्रृंखलाका लागि शुभमन गिललाई कप्तान नियुक्त गरिएको छ।

रोहित र विराटले अन्तिम पटक मार्च ९ मा च्याम्पियन्स ट्रफीको फाइनलमा न्यूजील्याण्ड विरुद्ध एकदिवसीय खेलेका थिए । भारतले अष्ट्रेलिया भ्रमणमा तीन एकदिवसीय र पाँच टी–२० खेल खेल्नेछ । पहिलो एकदिवसीय अक्टोबर १९ मा पर्थमा खेलिनेछ ।

दोस्रो खेल अक्टोबर २३ मा एडिलेडमा र तेस्रो अक्टोबर २५ मा सिड्नीमा खेलिनेछ । यसपछि पाँच खेलको टी–२० शृङ्खला हुनेछ। सूर्यकुमार यादवले टी–२० टोलीको कप्तानी गर्नेछन् ।

भारतीय टिमका प्रमुख छनोटकर्ता अजित आगरकरले भने, “२०२७ को एकदिवसीय विश्वकपमा रोहित शर्मा र विराट कोहलीको सहभागिता अझै निश्चित भएको छैन ।’