१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिप दुर्घटनाका घाइतेको सेनाद्वारा उद्धार



अ+ अ-

काठमाडौँ। पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा आज भएको जिप दुर्घटनाका घाइतेको नेपाली सेनाले उद्धार गरेको छ ।

ताप्लेजुङ्गबाट धरानतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेकामा छ जनाका मृत्यु भएको थियो । घाइते भएका छ जनालाई नेपाली सेनाको श्री वीरदल गणबाट खटिएको टोलीले स्थानीय वासिन्दा र अन्य सुरक्षा निकायको सहयोगमा उद्धार गरेको सूचना तथा सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बोलेरो जीपमा १२ जना यात्रु सवार रहेको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घाइतेमध्ये पाँच जनालाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र एक जनालाई जिल्ला अस्पताल फिदिम लगिएको जनाइएको छ । रासस