२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो खसेपछि नारायणघाट–मुग्लिन र मुग्लिन–नागढुंगा सडक बन्द



अ+ अ-

काठमाडौं । गएरातिदेखिको निरन्तरको वर्षाले पहिरो खस्दा चितवनको नारायणघाट–मुग्लिन सडक खण्ड र मुग्लिन–नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको छ ।

नारायणघाट–मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन–नागढुङ्गा सडक खण्डको धादिङस्थित जवाङ खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

सडकमा बेला बेला स–साना ढुङ्गासमेत खस्न थालेको छ । मौसम पुर्वानुमान महाशाखाले हिजो रातिदेखि असोज २० गतेसम्ममा भारी वर्षा हुने प्रक्षेपण गरेकाले यसअघि नै सावधानी अपनाउन भनिएको थियो ।

चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले राति अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन आग्रह गर्ने निर्णय गरेको थियो ।