२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र मलेसियाबीच टी–२० सिरिजको दोस्रो खेल आज हुँदै



अ+ अ-

काठमाडौं । पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सिरिजको दोस्रो खेलमा आज घरेलु टोलीको सामना गर्दैछ ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुनेछ । पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा मलेसियासँग ३ रनले पराजित नेपाल सिरिजमा १–० ले पछि छ । नेपाल पुनरागमन जितसहित सिरिज बराबरी गर्ने लक्ष्यमा हुने छ ।

मलेसियाले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सकेको थियो ।

अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक भएकोमा कविता जोशी र राजमती ऐरी क्रिजमा रहे पनि ३ रन मात्र जोड्न सकेका थिए । नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाएकी थिइन् ।

नेपालले मलेसियासँग हालसम्म १२ टी–२० आई खेलेको छ । जसमध्ये ७ खेलमा जित हात पार्दा ५ मा पराजित भएको छ । नेपाल आगामी जनवरीमा घरेलु मैदानमा हुने आईसीसी महिला टी–२० विश्वपक ग्लोबल छनोटको तयारीका लागि मलेसिया गएको हो ।

फोटो- क्यान




भर्खरै