२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र मलेसियाबीच टी–२० सिरिजको दोस्रो खेल आज हुँदै



अ+ अ-

काठमाडौं । पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सिरिजको दोस्रो खेलमा आज घरेलु टोलीको सामना गर्दैछ ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुनेछ । पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा मलेसियासँग ३ रनले पराजित नेपाल सिरिजमा १–० ले पछि छ । नेपाल पुनरागमन जितसहित सिरिज बराबरी गर्ने लक्ष्यमा हुने छ ।

मलेसियाले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सकेको थियो ।

अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक भएकोमा कविता जोशी र राजमती ऐरी क्रिजमा रहे पनि ३ रन मात्र जोड्न सकेका थिए । नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाएकी थिइन् ।

नेपालले मलेसियासँग हालसम्म १२ टी–२० आई खेलेको छ । जसमध्ये ७ खेलमा जित हात पार्दा ५ मा पराजित भएको छ । नेपाल आगामी जनवरीमा घरेलु मैदानमा हुने आईसीसी महिला टी–२० विश्वपक ग्लोबल छनोटको तयारीका लागि मलेसिया गएको हो ।

फोटो- क्यान