१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन-जी युवाहरू सक्रिय: सल्यानमा १०१ सदस्यीय समिति गठन



अ+ अ-

सल्यान। सल्यानका जेन-जी युवाहरूबीचको अनौपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सल्यान उद्योग वाणिज्य सङ्घको सभाहल, श्रीनगरमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा जिल्लाका सबै पालिकाबाट आएका युवाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। भेटघाटको क्रममा १३ देखि २८ वर्ष उमेर समूह (सन् १९९७ देखि २०१२ मा जन्मिएका) का युवाहरूलाई समेटेर, पछि थप्ने व्यवस्था सहित १०१ सदस्यीय जेन-जी सल्यान तदर्थ समिति गठन गरिएको छ। यस समितिको संयोजन जिम्मेवारी जिल्ला संयोजक युबराज खड्कालाई दिइएको छ।

समितिको पहिलो बैठकमा निर्णय गरिएका मुख्य कार्यसूचीहरू:
१. आगामी तीन महिनाभित्र जिल्लाका सबै १० पालिकामा सम्मेलन तथा भेला आयोजना गरी पालिका र जिल्ला कार्यसमिति चयन गर्ने।
२. असोज २० गते हुने कुमाख मेलामा प्राथमिक स्वास्थ्य सुविधा सुनिश्चित गर्ने, स्वयंसेवक परिचालन गरेर मेलाको सुव्यवस्था मिलाउने, र आगन्तुकहरूको लागि सहज वातावरण सिर्जना गर्ने।
३. जिल्लाका विभिन्न पालिका तथा निकायमा भइरहेको भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध सक्रिय आवाज उठाउने।

कार्यक्रममा सहभागी युवाहरूले सामाजिक, सांस्कृतिक र राजनीतिक सुधारमा Gen-Z पुस्ताले सचेत नागरिकको रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।