७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

किन बिरामी ऊँटलाई जिउँदो कोब्रा खुवाइन्छ ?

किन बिरामी ऊँटलाई जिउँदो कोब्रा खुवाइन्छ ?
अ+ अ-

एजेन्सी । सर्पको नाम सुन्नेबित्तिकै मानिसहरु डराउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार सर्पको टोकाइबाट वर्षेनी एक लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ ।

सर्प यस्तो प्राणी हो जसको विषले मानिस मात्र होइन बाघ, सिंह, गैंडा, हात्ती जस्ता शक्तिशाली जनावरलाई पनि केही मिनेटमै मार्न सक्छ । यस्तो अवस्थामा मानिस वा जनावरको अगाडि सर्प आयो भने त्यसबाट टाढै रहने कोसिस गरिन्छ ।

तर मरुभूमिमा बस्ने ऊँटलाई जिउँदो सर्पलाई खुवाउनु पर्ने कुरा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । यो अनौठो लाग्न सक्छ तर मध्य पूर्व जस्ता धेरै क्षेत्रहरूमा यो कुरा धेरै सामान्य छ । अब तपाइँको दिमागमा यस्ता धेरै प्रश्नहरु आउन सक्छन् कि जिउँदो कोब्रालाई ऊँटलाई किन खुवाइन्छ र त्यसो गरेपछि ऊँटमा कस्तो असर पर्छ ।

कुन रोगमा ऊँटलाई सर्प खुवाइन्छ ?
कहिलेकाहीँ ऊँटहरू हाइम नामक विशेष रोगबाट ग्रस्त हुन्छन् । यो रोगमा ऊँटले खान र पिउन छोड्छ र शरीर कठोर हुन थाल्छ । यो रोग यति गम्भीर छ कि कहिले काँही ऊँट मर्न पनि सक्छ । यो रोगको उपचारको लागि मध्यपूर्वमा जीवित कोब्रा ऊँटलाई खुवाइन्छ । यसलाई खुवाउन पहिले ऊँटको मुखमा जिउँदो सर्प हालेर त्यसमा पानी हालिन्छ, जसका कारण सर्प सजिलै ऊँटको पेटमा पस्छ ।

हेर्ने हो भने, ऊँट शाकाहारी जनावर हो, तर विशेष परिस्थितिमा यसलाई विषालु सर्पलाई खुवाइन्छ । कोब्राको विषले ऊँटको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्छ र रोगबाट मुक्ति मिल्छ भन्ने विश्वास कतिपयको भनाइ छ । कोब्राको विषले ऊँटको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने पनि कतिपयको विश्वास छ ।

विषालु सर्प खाएपछि सर्पको विष ऊँटको शरीरमा फैलिन्छ र ऊ कमजोर हुन थाल्छ । तर ऊँटको शरीरमा सर्पको विषसँग लड्ने एन्टिबडी हुन्छ । यही कारणले गर्दा धेरै पटक यो विषालु सर्प खाए पनि ऊँट जीवित रहन्छ । ऊँटको उपचारको यो विधि परम्परागत उपचार हो ।