१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी

झाँक्रीले भनिन्- प्रधानमन्त्रीज्यू, सित्तैमा तलब खाने ४८ जनाको सचिवालय खारेज गर्नुस्

झाँक्रीले भनिन्- प्रधानमन्त्रीज्यू, सित्तैमा तलब खाने ४८ जनाको सचिवालय खारेज गर्नुस्
अ अ+ अ-

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद् रामकुमारी झाँक्रीले प्रधानमन्त्रीले आफूले २४ महिनाको तलब नलिंदैमा राज्यलाई कुनै राहत तथा फाइदा नहुने बताएकी विचार राखेकी छिन्।

मंगलबार आफ्नो फेसबुकमा उनले असन्तुष्टि पोख्दै प्रधानमन्त्रीले हिजोमात्र देशमा कोरोनाको संक्रमण रहँदासम्म आफूले पाउने पारिश्रमिक तथा तलब नलिने भनी सार्वजनिक गरेको भनाईप्रति व्यंग्य गरेकी हुन् । उनले प्रधानमन्त्रीलाई यस्तो निर्णयको साटो अनावश्यक रुपमा २४ महिनाको तलब खाने जम्बो सचिवालय तथा अनावश्यक र विवादमात्र सिर्जना गर्ने सल्लाहकार समूह खारेज गर्नुपर्ने बताएकी हुन्।

झाँक्रीले पूर्वपदाधिकारीले पाउने सुविधा, राजनीतिक नियुक्ति पाएकाले पाउने दोहोरो सुविधा, सांसद विकास कोषको रकम पनि खारेज गर्नुपर्ने धारणा राखेकी छन्।

उनले विभिन्न पदाधिकारीलाई अनावश्यक रुपमा निजी सचिवालयको सुविधा दिइएको आरोप प्रधानमन्त्रीमाथि लगाएकी छिन् । त्यसले राज्यमा अतिरिक्त भार मात्रै पारेको उनले बताएकी छन्। यसअघि पनि दुई हप्ताअघि उनले अमेरिकामा रहेका नेपाली नागरिकको अवस्थाबारे बुझन् राष्टपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपाली राजदूतलाई फोन गरेको समाचारको आलोचना गरेकी थिइन् । उनले राष्टपतिलाई महारानीको संज्ञा दिँदै अमेरिकामा रहेका नेपाली नभएर खाडी मुलुकका नेपालीको उद्धारमा सरकार लाग्नुपर्ने बताएकि थिइन् ।

यस्तो छ मंगलबार आफ्नो फेसबुक पेजमा झाँक्रीको भनाई :

दर्जनौं व्यक्ति ९४८–६५र७० जनासम्म० निजी सचिवालयमा राख्न पाउने, प्रम, राष्ट्रपति, उपराष्ट्रपति, पूर्वराष्ट्रपति, उपराष्ट्रपति, १२र१५ जनासम्म राख्न पाउने पूर्वप्रधानमन्त्री, पूर्वसभामूख, दलका नेताहरू, सभामुख, अध्यक्ष, प्रमुख सचेतक, सचेतक, समितिका सभापति, प्रधानन्यायाधीश पूर्वप्रधानन्यायाधीश, पूर्वउपप्रम, पूर्वगृहमन्त्री, सुरक्षा निकायका पूर्व प्रमुखहरू, वर्तमान मन्त्रीको सचिवालय र सचिवहरूको दोहोरो सुविधा, सबै तहका सांसदले बाँड्ने क्षेत्र विकास पूर्वाधार कार्यक्रम ९छ करोड़ सम्म० राजनीतिक नियुक्तिमा दोहोरो सुविधा लिएकाहरूको सुविधा, यही मौकामा कटौती गर्ने संस्थागत निर्णय गर्नु बुद्धिमानी हुन्छ।

सांसदको तलब हामीले एक महिनाको दिने निर्णय गरीसक्यौं, अब प्रमले आफ्नो २र४ महिनाको तलब नलिएर राज्यमा राहत हुन्न। प्रमको निजी सचिवालयमा मन्त्री सरहको सुबिधा खाने कति छन रु करिब ४८ जनासम्मले सित्तैमा तलब थाप्न पाउने व्यवस्था छ। त्यो पो खारेज गर्नपर्ने होला।

दलको प्रमुख सचेतक, सचेतकलेसम्म ९५–८र९० जनासम्मको सचिवालय पाउँछ। पूर्वप्रमले गाडी तेल ड्राइभरसहित १२ जनासम्मको निजी सचिवालय पाउँछ। यी होइन र हटाउन पर्नेरु

त्यसैले प्रमले आफूले तलब नलिने घोषणा गर्नुभन्दा आफ्नो अनावश्यक जम्बो सचिवालय खारेज गर्ने निर्णय लोकप्रिय होला।

आज पनि मन्त्रालयअनुसार सचिवले कम्तिमा तीनवटा गाडी राख्ने, मन्त्रीले पाँच वटासम्म गाडी राख्ने, तेल, मर्मत र ड्राइभरको कसैले हिसाब राखेको छरु

सरकारको मन्त्रालय र विभागसँग मिल्दोजुल्दो दोहोरो चरित्रका कार्यालय पनि यही मौकामा खारेज गर्नुपर्छ। यही बीचमा २र३ जना विज्ञको समिति बनाएर यस्ता सुविधा कटौटी गर्ने प्रस्तावको अध्यादेश जारी गरोस सरकारले। न कि रातदिन फ्रन्ट लाइनमा काम गर्ने सुरक्षाकर्मीको तलब कट्टी गर्ने निर्णय गलत हुन्छ। काम गरेपछि दालभात त खान पर्यो नि।

कतिपयले सांसदको तलब काट्ने कुरा गरेका छन। सायद ठेक्कापट्टा गर्ने, चन्दा वा बिचौलिया काम गर्ने बाहेक अरू सांसदको तलब पनि नदिने हो भने काठमाडौमा कसरी बाँच्नेरु अनि एउटा स्वकिय सचिव पाउँछ एउटा सांसदले। जनतासँग जोडिने कामको लागि चाहिएको हो त्यो । तर सबैको सुविधा कटौती गर्दा सांसदको स्वकिय सचिवको सुविघा पनि कटौती गर्न हुन्छ।

राष्ट्रिय आयले साधारण चालु खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको यो संकटको घडीमा यसरी सरकारले साधारण चालु खर्चतर्फ हुने फजुल गर्न कटौती गर्न सक्छ।

पदाधिकारीहरूसहित फरक–फरक व्यक्तिको फरक–फरक सुविधा सम्बन्धी कानुन छ र यस्तो व्यवस्था छ । मैंले सामान्य नोट मात्र गरेको हुँ।