१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी

भीआईपीको घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्दै सरकार

भीआईपीको घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्दै सरकार
अ अ+ अ-

काठमाडौं । सीमा नाकाको सुरक्षामा सुरक्षाकर्मी अभाव भइरहेका बेला सरकारले कार्यविधिविपरीत पूर्व विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने तयारी गरेको छ । पूर्वविशिष्ट व्यक्तिको सुरक्षाका लागि कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको समाचार प्रकाशन गरेपछि गृहमन्त्री रामबहादुर थापाले कार्यविधिविपरीतका सुरक्षाकर्मी तत्काल फिर्ता गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् । गृहमन्त्री थापाले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई मन्त्रालय बोलाएरै सो निर्देशन दिएको गृह स्रोतले जानकारी दिएको छ ।

‘गृहमन्त्रीज्यूले दुवै सुरक्षा अंगका प्रमुखलाई कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्न भनिसक्नुभएको छ, अब कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता हुन्छ,’ गृह स्रोतले भन्यो । कोरोना संक्रमणको त्रास बढेसँगै सरकारले भारततर्फको दक्षिणी नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । यसरी सुरक्षाकर्मी थप गर्दा सुरक्षा निकायले संख्या अपुग भएपछि भर्खरै तालिम सकाएर बसेका तथा विभिन्न गण तथा गुल्ममा रहेका सुरक्षाकर्मीलाई समेत पठाइएको छ ।तर, सरकारी कार्यविधिविपरीत नै पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री एवं पूर्वगृहमन्त्री तथा मन्त्रीहरूले व्यक्तिगत सुरक्षाका लागि निवासमा कार्यविधि उल्लंघन गरेर सुरक्षाकर्मी राख्दै आइरहेका छन् ।

गृह मन्त्रालयले भने कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता गर्नेसम्बन्धी प्रस्ताव एक वर्षअघि नै मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद् कार्यालयले सो प्रस्तावलाई अघि बढाएको छैन ।कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीहरूले नौ जनासम्म तथा उपप्रधानमन्त्री एवं मन्त्रीहरूले दुई जनासम्म सुरक्षाकर्मी राख्न पाउँछन् । तर, केही पूर्व प्रधानमन्त्रीसँग भने कार्यविधिभन्दा ८ गुणाभन्दा बढी सुरक्षाकर्मी रहेको पाइएको छ । पूर्वमन्त्रीकहाँ पनि झन्डै १० गुणासम्म बढी सुरक्षाकर्मी रहेको पाइएको छ । गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी सुरक्षाकर्मी पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवासमा तैनाथ छन् । उनीसँग हाल ७७ जना सुरक्षाकर्मी खटिएका छन् ।

यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनालकहाँ कार्यविधिअनुसार नौ जना हुनुपर्नेमा १९ जना छन् भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकहाँ ९ जना हुनुपर्नेमा ३८ जना सुरक्षाकर्मी खटिँदै आएका छन् ।यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकहाँ १७ जना, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकहाँ १२ जना, डा. बाबुराम भट्टराईकहाँ ११, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीकहाँ १० जना सुरक्षाकर्मी खटिँदै आएका छन् । यसैगरी, पूर्वउपप्रधान तथा मन्त्रीहरूले कार्यविधिअनुसार दुई जनासम्म मात्रै पाउने भए पनि दर्जनौं सुरक्षाकर्मी खटिँदै आएका छन् । जसअनुसार पूर्वउपप्रधानमन्त्री कमल थापाकहाँ १५ जना, भीम रावलकहाँ १८ जना, गोपालमान श्रेष्ठकहाँ ९ जना, नारायणकाजी श्रेष्ठकहाँ १४, पूर्वमन्त्री डा. रामशरण महतकहाँ ६, वामदेव गौतमकहाँ १६, गोविन्द राज जोशीकहाँ ६ जना सुरक्षाकर्मी खटिँदै आएका छन् ।

यसैगरी, पूर्वसभामुख ओनसरी घतीको निवासमा कार्यविधिअनुसार दुई जना पाउनेमा १० जना खटिँदै आएका छन् । गृह मन्त्रालयका अनुसार विभिन्न ९६ जना व्यक्ति तथा संस्थाले सुरक्षाकर्मी प्रयोग गर्दै आइरहेका छन् । कार्यविधिअनुसार उनीहरूलाई ७७ जनासम्म उपलब्ध गराउनुपर्नेमा ६ सय ५ जनासम्म सुरक्षाकर्मी उपलब्ध गराइएको छ । जसअनुसार ५ सय १८ जना सुरक्षाकर्मी भीआईपीले दुरुपयोग गर्दै आइरहेका हुन् । विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन समितिको २५ जेठ २०६८ को बैठकले भने पूर्वप्रधानमन्त्री दाहाललाई २६ जना सुरक्षाकर्मी दिने निर्णय गरेको थियो । त्यसपछि २२ माघ २०७४ को मन्त्रिपरिषद् निर्णयले खटाउँदै आएको सुरक्षालाई यथावत् राख्ने भनेको थियो ।

पूर्वप्रधानमन्त्री दाहाललाई जस्तै देउवालाई समेत २२ माघ २०७४ को मन्त्रिपरिषद् बैठकले भने २१ जना सुरक्षाकर्मी उपलब्ध गराउने निर्णय गरेको थियो । गृह मन्त्रालयले ‘विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७१’ मा ९ जना सुरक्षाकर्मी दिने व्यवस्था रहेकामा सो संख्यालाई बढाउने गरी ‘विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७५’ मन्त्रिपरिषद्मा लगेको थियो । सो कार्यविधि पास भएर आए पुरानो कार्यविधिअनुसार सुरक्षाकर्मीहरूको संख्या केही थप हुने भए पनि हालै राख्दै आएको बढी संख्याका सुरक्षाकर्मी भने स्वतः कटौती हुनेछ । नयाँ कार्यविधिमा विशिष्ट व्यक्तिको सुरक्षाका लागि दिइने सुरक्षाकर्मीको संख्या घटाउन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा कार्यविधि संशोधनको प्रस्ताव गरिएको थियो ।

हाल सशस्त्र प्रहरीतर्फ पहिले सीमा क्षेत्रमा रहेका १ सय २० स्थायी बीओपी रहेकामा त्यसलाई बढाएर ८ सय ५ अस्थायी चेक पोस्ट स्थापना गर्दै सीमा सुरक्षा कडा बनाएको छ । सशस्त्र प्रहरीका ५ हजार ५ सय र नेपाल प्रहरीका ४ हजार ६ सय ६४ जना सीमा नाकाको सुरक्षामा खटिएका छन् ।

पूर्व राजपरिवारको सुरक्षामा १ सय १ जना
पूर्व राजपरिवार तथा निवासको सुरक्षामा समेत कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको पाइएको छ । सशस्त्र प्रहरी बल पूर्व राजपरिवार क्लोज प्रोटेक्सन सुरक्षा बेसमा ५१ जना, सशस्त्र प्रहरी बल नेपाल निवास सुरक्षा बेस निर्मल निवासमा ३९ जना तथा ज्ञानेन्द्र शाह निवास सुरक्षा बेस नागार्जुनमा ११ जना गरी पूर्व राजपरिवारको निवासमा १ सय १ जना सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ ।

तर, गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले भने पूर्वराज परिवारका सुरक्षाका विषयमा छुट्टै निर्णयमार्फत सुरक्षाकर्मी खटाइएको बताए । राजधानी दैनिक