१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी

भारतबाट आएका सबै क्वारेन्टाइनमा नबस्दा त्रास

भारतबाट आएका सबै क्वारेन्टाइनमा नबस्दा त्रास
अ अ+ अ-

भारतमा कोरोना भाइरसको त्रासपछि काम गर्ने क्षेत्र बन्द भएपछि जिल्लाका सयौँ नागरिक आ–आफ्ना गाउँ फर्किएका छन् तर ती सबै क्वारेन्टाइनमा बसेका छैनन् । क्वारेन्टाइनमा बसेकाहरुलाई अहिलेसम्म कोरोना भाइरससँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिए पनि गाउँले भने त्रसित भएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीय खेमबहादुर विष्टले बताए । उनले भने, “क्वारेन्टाइनमा बसेकामा समस्या देखिएन, कतिपय क्वारेन्टाइनमा नबसेका पनि छन् उनीहरुको अवस्था के छ अहिलेसम्म नबुझ्दा त्रास बढेको छ । ।” पछिल्लो समय कैलाली र कञ्चनपुरमा पाँचजना सङ्क्रमणका बिरामी फेला परेपछि अहिले यहाँका पहाडी जिल्लामा त्रास बढेको स्थानीयवासी बताउँछन् ।

दिपायल, राजपुर, पिपल्ला, सिलगढीलगायतका बजारमा भने मान्छेको चहलपहल तथा आवतजावत बन्द भएसँगै सुनसान छ । गाउँभन्दा शहरमा स्थानीय प्रहरी प्रशासनले कडाइ गरेपछि गाउँभन्दा बजार सुनसान भएको हो । गाउँघरमा मानिसको बढी चहलपहल र आवतजावत बढ्न थालेका कारण गाउँबाट कोरोनालगायतका रोगको सङ्क्रमण फैलिनसक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिन थालेको कतिपयको बुझाइ छ । स्थानीय तहका क्वारेन्टाइनमा राखिएकाहरुमा कोरोनाको कुनै लक्षण नदेखिए पनि भारतबाट लकडाउन हुनुभन्दा पहिले आएका कतिपय गाउँघरमा खुलारूपमा हिँडडुल गरिरहेका कारण स्थानीयवासीमा त्रास फैलिएको हो ।

भारतबाट आएका तर क्वारेन्टाइनमा नबसेर गाउँमै लुकेर बसेकालाई यहाँको स्थानीय प्रशासनले क्वारेन्टाइनमा बस्न पटक–पटक आग्रह गर्दै पत्राचार गरिरहे पनि उनीहरुले त्यसको वास्ता नगरेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय खड्क बोहराले बताए । उनले भने, “लकडाउनु हुनुभन्दा पहिले आएका कतिपय स्थानीयवासी गाउँघरमै खुलारुपमा हिँडिरहेका छन्, उनीहरुमा कोरोना सङ्क्रमण भएको खण्डमा जिल्लामा समस्या देखिन सक्छ, क्वारेन्टाइन बस्भन्दा मान्दैनन् ।” सरकारले कोरोना भाइरस फैलिन नदिन तथा रोकथामका लागि लकडाउन शुरु गरी सीमाक्षेत्रमा आवतजावतमा रोक लगाए पनि सुदूरपश्चिममा रहेका अधिकांश खुला सीमानाकाबाट नेपाली लुकीछिपी आउने र सिधै गाउँमा लुक्ने गरेको बडीकेदार गाउँपालिका–१ विपीनगरका स्थानीय गगन सार्कीले बताए।

सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा र डोटी जिल्लाबाट वर्षेनी हजारौँको सङ्ख्यामा स्थानीयवासी कामका लागि भारतका विभिन्न स्थान जाने गर्छन् । खेतीपातीको काम तथा चाडपर्व मानेर यहाँबाट हजारौँको सङ्ख्यामा युवा, वृद्ध भारतका विभिन्न स्थानमा मजदुरी गर्न जाने गर्दछन् । भारतमा कोरोना भाइरसले माहामारीको रूप लिन थालेपछि त्यहाँ रहेका नेपाली फर्कने क्रम एकाएक शुरु भएको हो । पछिल्लो समय यहाँका स्थानीयवासीमा छिमेकी मुलुक भारतका साथै अन्य मुलुकबाट फर्किएकामा कोरोना सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।

होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले लकडाउनका कारण छिमेकी मुलुक भारतसँगका प्रमुख नाका बन्द भए पनि लुकीछिपी नेपाल प्रवेश गरी गाउँ फकिर्नेको सङ्ख्या बढिरहेको बताए । उनले भने, “स्थानीयवासी लुकिछिपी गाउँ पस्न थालेका छन्, गाउँमै स्वास्थ्य परीक्षण, व्यवस्थित क्वारेन्टाइन सञ्चालन र सम्भावित बिरामीलाई तत्काल अस्पताल पु¥याउने व्यवस्था गरिनुपर्छ ।”

भारतबाट रोजगारी गरी स्वदेश फर्किएका ३३० जनालाई यहाँका स्थानीय तहले आ–आफ्नो स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा २१ दिन राखी कोरोना परीक्षण गरी घर पठाएको छ । क्वारेन्टाइनमा राखिएकामा भने अहिलेसम्म कोरोनाको कुनै सङ्क्रमण नदेखिएको र उनीहरुको स्वाब सङ्कलन गरी परीक्षण गर्दासमेत सङ्क्रमणको लक्षण नभएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए ।