१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनकै बलमा बनेको सरकारमा त्यही समूहको प्रतिनिधित्व नहुनु दुखद : प्रभु साह



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारमा जेनजी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव दिएका छन ।

रौतहटको फतुवाबिजयपुर नगरपालिका-२ सितलपुरमा आयोजित शुभकामना कार्यक्रमलाई आज सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन् ।

जेनजी आन्दोलनकै बलमा बनेको सरकारमा त्यही समूहको प्रतिनिधित्व नहुनु दुखद भएको टिप्पणी उनले गरे । अहिलेको सरकार जेन-जी आन्दोलनको बलमा गठन भएको छ । यो सरकारमा जेन-जी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्छ,´ आजपा अध्यक्ष साहले भने ।

कांग्रेस र एमालेको दुई तिहाई शक्तिशाली सरकारले मुलुकको जोगाउन नसकेको टिप्पणी समेत उनले गरे । अहिले एमाले, कांग्रेसमै नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस चलिरहेको बताउदै साहले केपी ओली, शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेर अगाडी बढदा मुलुक र सोही पार्टीको हितमा हुने बताए ।

उनले एमालेले ओलीलाई अगाडि नलगाओस र कांग्रेसले देउवा देखाएर दाईं नगरोस भन्दै बलपूर्वक हटाईएका यी बुढा नेताहरुलाई अब राजनीतिबाट स्थायी रुपमा बिदाई गर्नुको विकल्प पनि नभएको टिप्पणी गरे ।

मुलुकलाई झनै ठूलो संकटको भूमरीमा फसाईयो बताउदै उनले अहिलेकै संविधान कायमै राखेर समस्याको समाधान नहुने ठोकुवा समेत गरे । अन्तरिम सरकारका साथै अन्तरिम संविधानबाटै मुलुकले निकास पाउने उनले बताए ।