१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी

राष्ट्रियसभाका अध्यक्षद्वारा सातवटै प्रदेशका सभामुखहरुसँग भिडियो कन्फ्रेन्स

राष्ट्रियसभाका अध्यक्षद्वारा सातवटै प्रदेशका सभामुखहरुसँग भिडियो कन्फ्रेन्स
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सात वटै प्रदेशका सभामुखहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरुको समाधानका लागि गरिएका प्रयासका विषयमा बुधबार अध्यक्ष तिमिल्सिनाले सातै प्रदेशका सभामुखहरुसँग छलफल गर्नुभएको हो । भिडियो कन्फ्रेन्समा लकडाउनको क्रममा प्रदेश र स्थानीय तहमा देखिएका समस्याहरुको सूचना लिएर सम्बन्धीत निकायमा पुर्याउने विषयमा प्रदेश सांसदहरुसँग छलफल चलाउन अध्यक्ष तिमिल्सिनाले आग्रह गर्नुभयो । यस्तै लकडाउनको असर अर्थतन्त्रमा पर्ने भएकाले यस विषयमा समेत अहिले देखिनै छलफल चलाउनुपर्ने उहाँले बताउनुभयो ।

भिडियो कन्फ्रेन्समा प्रदेश सभामुखहरुले सामाजिक दुरी कायम गर्दै जनताको समस्याको सूचना लिने र त्यसको समाधानका लागि पहल गर्ने काम सांसदहरुले गरिराखेको बताएका छन् । प्रदेश सभामुखहरुले कोरोना भाइरससँगको लडाईमा आ–आफ्नो प्रदेशमा भएका कामहरुको बारेमा समेत एक आपसमा जानकारी गराएका छन् । यस्तै प्रदेश संसदले प्रदेश सरकारसँग मिलेर कोरोना भाइरस नियन्त्रणका लागि काम गर्ने तयारीका विषयमा समेत एकआपसमा छलफल भएको थियो ।