२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको २३ दिन जारी, सुनसान काठमाडौं



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन सुरु भएको २३औं दिन पनि काठमडौं उपत्यका सुनसान छ ।

सरकारले लकडाउनको पूर्ण रुपमा पालना गराउन सुरक्षा संयन्त्रहरुलाई परिचालन गरेको छ । खासगरी काठमाडौं उपत्यकामा मंगलबार दुई जनामा संक्रमण फेलापरेपछि झनै त्रास फैलिएको छ । जसका कारण पनि मानिसहरु बाहिर निस्किएका छैनन् । यसअघि फाट्टफुट्ट रुपमा सडक पेटीमा देखिने मानिसहरु बुधबार देखिएका छैनन् । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै बुधबार सम्म कायम गरिएको लकडाउनलाई मंगलबार नै सरकारले १२ दिन समय थप गरी वैशाख १५ गते सम्म लम्ब्याएको छ ।

यस्तै प्रशासनले पास वितरणमा समेत कडाई गरेको छ । सडकमा अत्यावस्यक सामग्रीको ढुवानी गर्ने र अत्यावस्यक काम पर्नेहरुका साधनहरु फाट्टफुट्ट चलेको देखिन्छ । प्रहरीले चोकचोकमा बसेर ती साधनहरुको नियमित चेकजाँच गरिरहेको छ ।