७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु

अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु
अ+ अ-

एजेन्सी । मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र धेरै जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘राष्ट्रिय हिंसाको महामारी’ को दुःखद उदाहरण भन्नुभएको छ ।

स्थानीय प्रहरीका अनुसार आक्रमणकारीले पहिले आफ्नै गाडी चर्च भवनमा ठोक्काए, त्यसपछि भवनमा आगो लगाउँदै आक्रमणकारी राइफलले अन्धाधुन्ध गोली चलाए ।

आपत्कालीन कल आएको आठ मिनेटमै प्रहरी पुगेको थियो र पार्किङ क्षेत्रमै आक्रमणकारीलाई मारेको ग्रान्ड ब्लाङ्कका प्रहरी प्रमुख विलियम रेनीले पत्रकार सम्मेलनमा बताउनुभयो ।

रेनीका अनुसार सुरुमा दुई मृतक पुष्टि भए पनि, पछि जलेको भग्नावशेषभित्र थप दुई शव भेटिएका छन् । खोज तथा उद्धार कार्य अझै जारी छ । उहाँले आठ जना घाइते भएको पुष्टि गर्नुभयो, जसमा एकजनाको अवस्था गम्भीर छ ।

प्रहरीले आक्रमणकारीको पहिचान ४० वर्षीय थोमस ज्याकब सानफोर्डका रूपमा गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले उनलाई सो क्षेत्रमै हुर्किएको र सैन्य सेवामा संलग्न भइसकेको व्यक्ति बताएका छन् ।

आक्रमणपछि चर्च अफ जीसस क्राइस्ट अफ लेटर–डे सेन्ट्स (मोर्मोन चर्च)को अधिकांश भवन खरानी बनेको छ । तस्बिरहरूमा आक्रमणकारीले ट्रक भवनतर्फ चलाएको देखिन्छ, जसको पछाडि दुईवटा अमेरिकी झण्डा झुण्ड्याइएका थिए ।

एफबिआईका विशेष एजेन्ट रुबेन कोलम्यानले पत्रकार सम्मेलनमा भन्नुभयो, “एफबिआईले अनुसन्धानको नेतृत्व गरिरहेको छ । यसलाई हामी लक्षित हिंसाको कार्यका रूपमा हेरेका छौँ ।”

रेनीका अनुसार आक्रमणको समयमा चर्चभित्र सयौँ मानिस उपस्थित थिए, जसले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सङ्केत गरेको छ ।

राष्ट्रपति ट्रम्पले यस घटनालाई ‘भयानक’ भन्दै ‘संयुक्त राज्य अमेरिकामा इसाईहरूमाथि भएको अर्को लक्षित आक्रमण’ को संज्ञा दिनुभएको छ । उहाँले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत लेख्नुभयो, “हाम्रो देशमा हिंसाको यो प्रकोप तुरुन्तै अन्त्य हुनुपर्छ १”

– हिंसाको महामारी –

मोर्मोन चर्चले पनि विज्ञप्ति जारी गर्दै यसलाई ‘हिंसाको दुखद कार्य’ बताएको छ । “पूजास्थलहरू शान्ति, प्रार्थना र सम्बन्धका पुण्य स्थान हुन् । हामी यस घटनाबाट पीडित सबैका लागि शान्ति र चाँडो स्वास्थ्य लाभको प्रार्थना गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

सन् १८३० मा स्थापित मोर्मोन चर्च विश्वभर लाखौँ अनुयायीहरूसहित पश्चिमी अमेरिकी राज्य युटाहमा केन्द्रित छ । यसका अनुयायीहरूले आफूलाई इसाई समुदायको हिस्सा माने पनि, यसको सिद्धान्त मोर्मोनको पुस्तकमा आधारित छ ।

संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा लामो समयदेखि गम्भीर चुनौती बनेको छ । पछिल्ला हप्ताहरूमा युटाहमा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको हत्या, टेक्सासको सङ्घीय अध्यागमन प्रवर्तन केन्द्रमा गोलीकाण्ड र मिनेसोटाको क्याथोलिक चर्च तथा विद्यालयमा भएको सामूहिक गोलीबारी जस्ता घटनाले सार्वजनिक चिन्ता बढाएको छ ।

पछिल्लो आक्रमणसँगै राजनीतिक विभाजन झन् गहिरो बनेको छ । राष्ट्रपति ट्रम्पले वामपन्थी समूहहरूलाई लक्षित गर्दै ‘घरेलु आतङ्कवादी’ का रूपमा आरोप लगाउनुभएको छ र त्यसविरुद्ध कडा अभियान सुरु गर्नुभएको छ ।