१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी

ड्युटी सकेर फर्केका डाक्टरमाथि नै प्रहरीको लाठी चार्ज

ड्युटी सकेर फर्केका डाक्टरमाथि नै प्रहरीको लाठी चार्ज
अ अ+ अ-

काठमाडौं । प्रहरीले त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिट गरेको छ। अस्पतालबाट ड्युटी सकेर कोठातर्फ जाने क्रममा तीनजनामाथि प्रहरीले कुटपिट गरेका हुन्। डाक्टरहरुले बताए अनुसार अस्पताल परिसरबाट कान्ति अस्पताल हुँदै कोठामा जाने क्रममा प्रहरीले कुटपिट गरेका हुन् । कोठा नजिकै पुग्न लागेको बेलामा भ्यानमा आएका प्रहरीले सोधपुछ गरेको र डाक्टर भनेर परिचय दिँदा प्रहरीको लाठीले डाक्टर साक्टर चिन्दैन भन्दै लाठी चार्ज गरेको डाक्टरहरु बताउँछन्।

साङ्केतिक तस्विर

प्रहरीले डाक्टर शम्भु खनाल तेजप्रकाश साह र विकास शाहमाथि आक्रमण गरेको हो। प्रहरीले लाठीले प्रहार गर्दा तेजप्रकाश साहको ढाड र हातमा चोट लागेको छ। चोटपछि उनको अस्पतालमा एक्सरे गरिएको छ। एक्सरे क्रममा भाँचिएको अवस्था भने देखिएन तर सुन्निएको र रातो दाग रहेको डाक्टर खनालले जानकारी दिए। तर महारागञ्जका डिएसपी उमेश लम्साल भने डाक्टरलाई नकुटिएको दाबी गर्छन्। यसबारे जिज्ञासा राख्दा डिएसपी लम्सालले भने, ‘होइन कहाँ हामी डाक्टरलाई कुट्छौं। किन कुट्नु ? त्यसो हुँदै होइन।’

घटनाका विषयमा डा. खनालले यसरी सुनाएहामी खाना खान क्यान्टिनमा आउनुपर्छ। घटना सवा ८ बजेको हो। होस्टल छैन। बाहिर रुमा बस्नुपर्छ। त्यो बाध्यता छ। हामी कोठा नजिक पुग्नै लागेका थियौं। त्यति नै बेला प्रहरीको भ्यान उनीहरुको नजिकै आएर तपाईहरू के हो को हो भन्दै सोध्न थाल्यो। हामीले आइडी कार्ड देखायौं। त्यति गर्दा पनि धेरै केरकार गर्न थाले। हामी टिचिङको डाक्टर भएको ड्युटी सकेर खाना खाएर आएको बतायौं। तर उनीहरुले गेटमा छिर्ने बेलामा लाठी चार्ज गरे।

दाहिने हातमा चोट लागेको छ। एक्सरे गरियो। फ्याक्चर चाहिँ भएको रहेनछ। ढाडमा पनि लागेको छ। उनीहरुले भन्दा समूहमा किन बसेका भनेका छन्। अब २(३ जनालाई पनि ग्रुप भन्ने कि नभन्ने ?यस्तो बेलामा कसरी लाठी चार्ज गर्न मिल्यो। पिट्न त पाइएन नि। हामी कोरोनासँग लड्दै बस्ने हो की अब प्रहरीसँग लडेर बस्ने ? खाना खान ८ बजे क्यान्टिनमा आउनुपर्छ। कोठा कान्ति अस्पताल पछाडिको पानी ट्यांकी नजिक छ। टिचिङको गेटको पश्चिमतिरको भाग। त्योभन्दा तल अर्कोको कोठा। भोलि भेट्ने भनेर छुटिँदै गर्दा लाठीले हाने। प्रहरीले तीनै जनालाई हान्न खाजेको थियो। दुई जना भाग्यौ‌ं। डिएसपी पनि थिए भन्ने छ।

डिएसपी लम्साल भन्छन्ः हतारमा ढोकाभित्र छिर्दा ठोकिए होलाहोइन कहाँ हामी डाक्टरलाई कुट्छौं। किन कुट्नु ? त्यसो हुँदै होइन। अब सिभिलमा भएको बेला को डाक्टर को इन्जिनियर को पुलिस भनेर चिन्ने कुरा पनि भएन। अब लकडाउनलाई ब्रेक गर्ने बाटोमा बस्ने गफ गर्नेलाई त अब हटाएकै छ। अब त्यो गर्ने क्रममा उहाँहरु पनि पर्नु भएको हो भने छुट्टै कुरा। त्यसरी कुट्ने भनेर कसैलाई कुटेको छैन।

उहाँहरुलाई लखेटेको चाहिँ हो। तर उहाँ अब डाक्टर पर्नुभएछ। अब त्यो हेर्ने बित्तिकै डाक्टर भनेर कसरी थाहा हुन्छ हामीलाई ? घरभित्र छिर्ने बेलामा ढोका सानो छ। हतारमा छिर्दा ढोकामा ठोक्किएको होला। उनीहरुले त अझ हामी त गाउनमै थियौं पनि भन्लान् त्यो छुट्टै विषयवस्तु हो। प्रहरीले थाहा पाईपाई कुटेको छैन।