२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघ्यो



अ+ अ-

कोरानो भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३४ हजार पाँच सय आठ पुगेको छ। २० लाख ८१ हजार भन्दा बढी मानिस संक्रमित छन्। कोरानाको इपिसेन्टर बनेको अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या २८ हजार पाँच सय २६ पुगेको छ। त्यहाँ विगत २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ। वल्डोमिटरले बिहीबार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा एकै दिन ३० हजार भन्दा बढी संक्रमित थपिएका छन्। अमेरिकामा कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ५५ पुगेको छ। सबै भन्दा धेरै न्यूयोर्कमा ११ हजार पाँच सय ८६ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै न्यूयोर्क पछि न्यूजर्सीमा ३ हजार भन्दा बढीको ज्यान गएको छ। न्यूयोर्कमा २ लाख १४ हजार संक्रमित छ। अमेरिकामा अहिलेसम्म ४८ हजार मानिस निको भएर घर फर्किएका छन्। अमेरिका पछि फ्रान्समा यसको महामारी भयावह हुँदै गएको छ। फ्रान्समा एकै दिन १४ सय ३८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या १७ हजार १ सय ६८ पुगेको छ। इटालीमा २१ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै स्पेनमा १८ हजार ८ सय १२ जनाको मृत्यु भएको छ। बेलायतमा पनि मृतकको संख्या १२ हजार ८ सय ८६ पुगेको छ। त्यहाँ ९८ हजार चार सय ७६ जना संक्रमित छन्। विश्वभरमा संक्रमितमध्ये पाँच लाख नौ हजार भन्दा बढी मानिस निको भइसकेका छन्। सौर्य दैनिक