२३ श्रावण २०८३, शनिबार
,
Latest
संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता ‘प्राकृतिक, ऐतिहासिक र शाहसिक पर्यटनको संगम बन्दै मकवानपुरको बुढीचौर’ दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँः उपसभापति शर्मा यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छ: प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधामको शक्तिपीठहरुमा फूलपाती भित्र्याइयो



अ+ अ-

जनकपुर। जनकपुरधामको शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको छ ।

षष्ठी तिथिका दिन आमन्त्रित गरिएको बेलको फूल सप्तमी तिथिका दिन अर्थात आज टिपेर  जनकपुरधामको राजदेवी मन्दिरमा फूलपाती भित्र्याइएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको भगवतीको डोला जनकपुरधामस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा रहेको बेलको रुखबाट बेलको फल टिपी फुलपाती भित्र्याइएको हो । जसलाई मिथिलाञ्चलमा बेल तोडी विधि भनिन्छ ।

जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित राजदेवी मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा निस्केको भक्तजनहरुको समूहले बेलको रुखमुनि गएर हिन्दु परम्पराअनुसार पूजा अर्चना गरेर आमन्त्रित बेलको फल टिपेका थिए ।

निम्ता दिएको बेलको फललाई सप्तमी तीथिका दिन बिहान तोडेर ल्याई बली दिने परम्परा रहेको छ ।