१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी

लकडाउनमा पनि धमाधम पूर्वाधार निर्माण कार्य हुँदै

लकडाउनमा पनि धमाधम पूर्वाधार निर्माण कार्य हुँदै
अ अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा गर्दै सडक र पुलसँग सम्बन्धित डेढ सयभन्दा बढी आयोजनाको काम अगाडि बढाइएको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक केशवकुमार शर्माले भने, “कोरोना महामारी नभएको भए अहिले मुलुकभरि तीन हजार आयोजनाको काम तीव्र गतिमा भइरहेको हुन्थ्यो ।” कोरोना सङ्क्रमण फैलिन नदिन सरकारबाट भएका निर्देशनहरूलाई पूर्ण पालना गर्दै अहिले मुलुकभरि सडक र पुलसँग सम्बन्धित डेढ सय आयोजनाको काम सुरु गरिएको छ ।

शर्माले भने, “काममा खटिने जनशक्तिको स्वास्थ्यको पूर्णरूपमा ख्याल गर्दै काम अगाडि बढाइएको छ ।” डेढ सय आयोजनामध्ये साठीवटा पुल र बाँकी सडक रहेको उनले बताए ।
उनले भने, “अहिले काम गरिने ठाउँमा निर्माण सामग्री र जनशक्ति उपलब्ध भएक आयोजनाहरूलाई नै प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ, अहिले काम भइरहेका आयोजनाहरूमा करिब तीन हजार जनशक्ति विभिन्न आयोजनामा संलग्न छन् ।” बन्दाबन्दी सुरु हुनुअघि करिब ३० हजार जनशक्ति सडक र पुल निर्माणमा कार्यरत थिए ।

कुन कुन ठाउँमा काम जारी ?
सडक विभागका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे पुल, टाँडी खोला पुल, धादिङ र नुवाकोट जोड्ने कोल्पु खोला पुल, गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डका पुलहरूको काम भइरहेका छन् ।

त्यसैगरी नुवाकोटमा त्रिशूली नदी पुल, धादिङस्थित त्रिशूली नदीको पुल, जुम्लामा घट्टे खोला पुल, डोटीमा रडुवा खोला पुल, सेती खोला पुल, तामाकोसी नदी पुल निर्माणको काम भइरहेका छन् । त्यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्की–अत्तरिया खण्ड, त्रिभुवन राजमार्ग अन्तर्गत हेटौँडा–भैँसे–लामिडाँडा खण्ड, कोसी राजमार्ग अन्तर्गत देउराली–मुढे खण्ड, कोसी करिडोरको खाँदबारी खण्डसहित कान्ति लोकपथमा काम भइरहेको विभागले जनाएको छ । गोरखापत्र दैनिक