१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति

सनसिटी अपार्टमेन्टमा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

सनसिटी अपार्टमेन्टमा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ
अ अ+ अ-

काठमाडौँ । कागेश्वरी–मनोहरा नगरपालिकाको पेप्सिकोलास्थित सामूहिक आवास गृह सनसिटी अपार्टमेन्टमा नयाँ वर्ष २०७७ सुरु भएको पहिलो दिन वैशाख १ गते चहलपहल बेग्लै देखिन्थ्यो ।
कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रण गर्न सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेसँंगै घरभित्र बन्दी बने पनि बालबालिकालाई घुमाउन र खाद्य सामग्री खरिद गर्न सर्वसाधारणको ओहोरदोहोर भइरहन्थ्यो तर सोही दिन दिउँसो ४ बजेपछि अपार्टमेन्टको ब्लक ‘ए’मा बस्ने दुई जनामा कोरोना सङ्क्रमणको खबर सार्वजनिक भएपछि भने शून्यता छाएको छ । अपार्टमेन्टको मुख्य प्रवेशद्वारमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

अपार्टमेन्टबाट बाहिर–भित्र आवतजावत गर्न पूर्णरूपमा रोक लगाइएको छ । अपार्टमा बस्नेहरू आ–आफ्नै कोठामा बन्दी बनेका छन् । निस्कनु परे प्रवेशद्वारमा खटिएका सुरक्षाकर्मीसँंग समन्वय गर्न निर्देशन दिइएको छ । सनसिटी अपार्टमेन्टको ब्लक ‘आई’मा बस्दै आएका हरि खड्काले भने, “कोरोना सङ्क्रमित व्यक्ति भेटिएको खबरले स्वास्थ्य सतर्कता र आत्ममनोबल उच्च राख्न नभई त्रास बढायो । मानौँ सनसिटी अपार्टमेन्टलाई नै कोरोना भाइरस लागेजस्तो भयो ।”
कुनै व्यक्तिमा कोरोना भाइरस देखिँदैमा सबैमा फैलिएछ, अपार्टमेन्टमा बस्ने सबै सङ्क्रमित छन् भन्ने भ्रम हटाउन आग्रह गर्दै उनले चैत ८ गते सम्पन्न समिति निर्वाचनमा पनि ए, बी, आई, जे र एच गरी पाँच ब्लकबाट आलोपालो गरी सहभागी भएको स्पष्ट पारे ।

विभिन्न मिडियामा आएका नकारात्मक प्रचारले त्यहाँ बस्ने बालबालिका र वृद्धहरू बढी त्रसित बनेका छन् । खड्काले भने,“ए ब्लकका २९६ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा ‘नेगेटिभ’ नतिजा आएपछि राहत मिलेको छ । बुधबार बिहान ८ बजे सनसिटी अपार्टमा पुगेका स्वास्थ्यकर्मीको टोलीले दुई कामदारसहित ‘ए’ ब्लकमा बसोबास गर्ने २९६ जनाको शीघ्र परीक्षण गरेको थियो । सो परीक्षणबाट कसैमा कोरोना सङ्क्रमण देखिएको छैन । बिहीबारबाट अन्य ब्लकमा बस्नेहरूको पनि परीक्षण गरिनेछ । सो अपार्टमा करिब पाँच सय परिवारका एक हजार पाँच सय सदस्य बसोबास गरिरहेका छन् ।

सनसिटी अपार्टमेन्ट व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष तिलक बस्नेतका अनुसार उच्च किसिमको सतर्कता अपनाइएको छ । सङ्क्रमित भनिएका व्यक्तिहरू नै सुरक्षित ढङ्गबाट बसेकाले कोरोना समस्या नदेखिएको उनको भनाइ छ । “सोही ब्लकमा सरसफाइ गर्ने मान्छेमा त देखिएन, हामी डराउनुपर्ने अवस्था छैन । कोरोना भाइरसको सङ्क्रमणभन्दा भ्रामक सूचनाले त्रास फैलाएको गुनासो छ,” उनले स्पष्ट गरे ।

सर्वसाधारणलाई त्रास र भ्रमबाट मुक्त हुन र उच्च मनोबलका साथ सुरक्षित ढङ्गले आफ्नै अपार्टमा बस्न आग्रह गरिएको बताउँदै “नगरपालिका, वडा कार्यालय, प्रहरी, स्वास्थ्यकर्मी सबैको सहयोग, सुझाव र सल्लाह प्राप्त भइरहेको छ,” अपार्टमेन्ट व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले बताए ।
बितेको दुई दिन अपार्टमा बस्नेहरूका लागि पीडादायी थियो तर स्वास्थ्य परीक्षणको नतिजा आएपछि राहत मिलेको छ । वृद्ध तथा बालबालिका र गर्भवती महिलालाई सान्त्वना दिई थप सुरक्षा अपनाउन प्रेरित गरेको भनाइ बस्नेतको छ । सनसिटी क्षेत्रका तरकारी पसल तथा किराना स्टोरहरू बिहान बेलुका तीन–तीन घण्टा मात्र खोल्न आग्रह गरिएको छ । गोरखापत्र दैनिक