२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक र प्रशासनिक व्यक्तिमाथि कडाइ, अपराध गर्नेहरु भने रिहा !



अ+ अ-

काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा भएको घटनाका विषयमा छानबिन सुरु गरिरहँदा राजनीतिक र प्रशासनिक व्यक्तिमाथि कडाइ गरेको छ । तर वास्तविक अपराधमा संलग्नहरुलाई भने उन्मुक्ति दिने तयारी गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्ती केपी शर्मा ओलीसहित पाँच जनालाई सरकारले विदेशसहित भ्रमणमा लगायो । गृहले आयोगको सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई राहदानी रोक्का गरेको छ । यसरी रोक्का गरिएको जानकारी अध्यागमन विभाग र अन्य निकायमा पठाएको छ ।

त्यस्तै उनीहरुलाई अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाइएको छ । उनीहरु कुनै कामविशेषले जानु पर्ने अवस्था भएमा आयोगसँग अनुमति लिनुपर्ने छ ।

आयोगको सिफारिसमा टेकेर गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो । गत २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियारहरु प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । तर गृह मन्त्रालयले त्यतिबेला ‘जसरी पनि भीडलाई संघीय संसद् भवनतिर जान रोक्नु’ भन्ने निर्देशन दिएको थियो । त्यसपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली चलाउन आदेश दिएका थिए ।

अहिले सरकारले राजनीतिक र प्रशासनिक नेतृत्वलाई विदेश भ्रमणमा रोक लगाउँदै छानबिन थालेको हो । तर २४ गते भएको तोडफोड र आगजनीमा संलग्नलाई सरकारले धमाधम रिहा गर्न आदेश दिएको छ । यसले सुरक्षा निकायमा संसय देखिएको छ । किनभने अपराधमा संलग्न रहेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । तर गृहले उनीहरुमाथि छानिबन अघि नबढाउन आदेश दिएको छ ।

गृह मन्त्रालयका विभिन्न सूचनाले अन्योलता उत्पन्न गरेपछि अहिले प्रहरीका विभिन्न युनिट मानिस पक्राउ र मुद्दा अभियोजन गर्ने कि नगर्ने भन्ने द्विविधामा परेको छ । त्यसमाथि तोडफोड र आगजनीमा संलग्न व्यक्तिलाई पक्राउलगत्तै रिहा गर्न मन्त्रालयबाट दबाब आउन थालेपछि गृहकै सूचना देखाउँदै प्रहरी पक्राउ कार्यबाट पन्छिएको छ ।

सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन तथा प्रहरीका विभिन्न कार्यालय तोडफोड र आगजनीमा संलग्न रहेका ४१ व्यक्तिलाई काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो । अहिलेसम्म तीमध्ये ३२ जना छुटिसके ।

प्रहरी हत्यामा संलग्न केही र अन्य तोडफोडमा संलग्न व्यक्ति गरी अहिले ९ जनामाथि म्याद थपेर मुद्दा चलाइएको छ । उनीहरु भद्रकालीस्थित जिल्ला प्रहरीको हिरासतमा छन् ।

गृह मन्त्रालयले असोज ९ मा दुई फरक फरक विज्ञप्ति जारी गरेको थियो । त्यसमध्ये पहिलो विज्ञप्तिमा जेनजी प्रदर्शनको बहानामा प्रहरी कार्यालयहरुको तोडफोड र लुटपाट गरी लगिएका हातहतियार खरखजाना बुझाउने सूचना थियो ।

त्यही दिन जारी अर्को सूचनामा जाँचबुझ आयोग ऐ २०२६ को दफा ३ बमोजिम सोही दिनदेखि कार्य प्रारम्भ गरेको भन्दै उक्त आयोगको कार्यक्षेत्रभित्र पर्ने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारवाही अगाडि नबढाउन भनिएको थियो ।

सोही सूचनामा ‘गैरकानूनी रुपमा भएका र हुने गतिविधिमा कसुर अनुसार कारवाही हुने’ भन्ने कुरा उल्लेख छ । भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका तोडफोड, अगजनी र लुटपाटका घटना गैरकानूनी हो कि होइन भन्ने कुरा गृह मन्त्रालयले परिभाषित गर्नुपर्ने प्रहरीका एक उच्च अधिकृत बताउँछन् ।

प्रहरीका अधिकृतहरु अपराधलाई आन्दोलन र अर्को कुनै नाममा उल्लेखित गर्न नसकिने र प्रचलित ऐन, कानूनकै अधीनमा रहेर प्रहरीले काम गर्ने बताउँछन् ।

संविधानविद तथा राजनीतिक विश्लेषकहरुले भने सरकारले जेन–जी आन्दोलनमा भएका आगजनी, लुटपाट जस्ता विध्वंसात्मक कार्य विरूद्धको कारबाहीलाई जाँचबुझ आयोगका नाममा पन्छाउन खोजेको बताएका छन् ।

संविधानविद् भिमार्जुन आचार्यले आयोग गठनको कारण देखाई अपराधमा संलग्न व्यक्तिमाथ कुनै कारबाही नै अघि नबढाउनु भन्नु उचित नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका लेखेका छन्– ‘यसले त घटनालाई ढाकछोप गर्न खोजे जस्तो देखियो । २३ गतेको घटनामा आयोगको प्रतिवेदन केही हदसम्म उपयोगी हुनसक्ला, तर २४ गतेको घटनाका लागि यसले केही मद्दत गर्न सक्दैन । आगो लगाउने, लुटपाट गर्ने जस्ता कार्यका लाग प्रचलित कानुन नै पर्याप्त रहेकाले आयोगको बहाना बनाउन ठीक भएन । आफ्ना केही स्वतन्त्रताको परित्याग गरी व्यक्ति राज्यको अधिनमा बस्न मञ्जु गर्नुको पछाडिको मुख्य कारण सुरक्षा नै हो । आफ्ना नागरिकको जीउ, ज्यान र सम्पत्तिको सुरक्षा राज्यको पहिलो दायित्व हो । यो राज्य बस्न लागयक छ, अनुभूत हुनुपर्‍यो ।’

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले पनि सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन्– ‘ख्यातिप्राप्त कानुनविद् एवम् गृहमन्त्री ओमप्रकाश अर्यालबाट यस्तो निर्णय अपेक्षित थिएन । भदौ २३ र २४ को घटनाको छानबिन गर्न आयोगको बहाना बनाएर घटनामा संलग्न अपराधीलाई कारबाही नगर्ने निर्णयले दण्डहीनता र आपराधिक प्रवृत्तिलाई प्रोत्साहन गरी विधिको शासनलाई थप कमजोर बनाउँदैन र ?’

गृहको विज्ञप्तिमा ‘जाँचबुझ आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने तर गैरकानुनी रूपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने’ उल्लेख थियो ।

त्यसो त नेपाल बार एसोसिएसनले पनि गृह मन्त्रालयको विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।

बारले गृह मन्त्रालयको विज्ञप्तिले फौजदारी न्याय प्रणालीलाई गम्भीर रूपमा कमजोर पार्ने, दण्डहीनतालाई प्रोत्साहन गर्ने र यसबाट हिंसालाई थप प्रश्रय मिल्ने स्पष्ट संकेत देखाएको जनाएको छ । ‘जेन–जी पुस्ताको प्रदर्शनका क्रममा स्वार्थ समुहद्वारा नियोजित तरिकाले गरिएको आपराधिक क्रियाकलापको अधिकार सम्पन्न निकायबाट हुनुपर्ने अनुसन्धानलाई रोक्ने गरी गृह प्रशासनबाट आएको सूचना मुलुकी अपराध संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को व्यवस्थाविपरीत छ ।’ बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बारले गृह मन्त्रालयलाई उक्त त्रुटिपूर्ण निर्णय सच्याउन र दण्डहीनतालाई प्रश्रय नदिनका लागि तत्काल कदम चाल्न जोडदार माग गर्दै कानूनको शासनको प्रत्याभूति र नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षाका लागि गैरकानूनी कार्यमा संलग्न जोसुकैलाई पनि तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित सबै निकायहरूलाई सचेत समेत गराएको छ ।

सरकारले भदौ २३ र २४ को प्रदर्शन क्रममा भएका भौतिक तथा मानवीय क्षतिको छानबिन गरी प्रतिवेदन पेस गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ । आयोगलाई क्षति विश्लेषण गरी कारबाहीको राय दिने कार्यादेश छ । त्यसै सन्दर्भमा गृहले उक्त विज्ञप्ति जारी गरेको हो । तर अपराधमा संलग्न देखिएकाहरुलाई रिहा गर्न त्यसले गलत सन्देश जाने छ । किनकी अपराधमा संलग्नलाई कारबाही गर्न अहिले कानुनले रोक्दैन । राजनीतिक बाहेकका विषयमा तत्कार कानुनअनुसार कारबाही नगर्ने हो भने देशको विधि, पद्धितिमा त प्रश्न उठ्छ नै सरकारमाथि नै गम्भीर आरोप लाग्न सक्छ ।