१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी

सरकारलाई काँग्रेसको प्रश्न- यो कार्यकर्ता भर्ती गर्ने समय हो र ?

सरकारलाई काँग्रेसको प्रश्न- यो कार्यकर्ता भर्ती गर्ने समय हो र ?
अ अ+ अ-

काठमाडौँ । प्रतीपक्षी दल कांग्रेसले लकडाउनकाबीच सरकारले केही आयोगहरुमा आफ्ना कार्यर्ताहरुलाई जागिर खुवाउने हिसाबले भर्ती गरेको भन्दै आपत्ति प्रकट गरेको छ । प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति प्रकाशित गर्दै महामारीसँग पूरै देश जुधिरहेको संकटको घडीमा कार्यकर्ताहरुको राजनीतिक व्यवस्थापनमा लागेको भन्दै विरोध जनाएका छन् । ‘वर्तमान सरकार जनताप्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ’ उनको विज्ञप्तिमा भनिएको छ ।

सोमबारको मन्त्रिपरिषदले भूमिहीन समस्या समाधान आयोगलगायतमा केही नियुक्ति गरेको थियो । यो आयोगमा भरतपुर महानगरपालिकाको मेयरमा पराजित तत्कालीन एमालेका उम्मेदार देवि ज्ञवालीलाई नियुक्ति गरिएको छ । ‘अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनीकरण र संक्रमितहरुको उपचार गर्नु हो । यस विषयमा प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न सकेको छैन,’ कांग्रेसले माग गरेको छ, ‘सरकार गम्भीर बनोस् ।’ यस्तै, कांग्रेसले लकडाउनको उचित व्यवस्थापनमा पनि सरकार चुकेको बताएको छ । ‘स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता मात्र हैन, नियतमा नै खोट देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले महामारी नियन्त्रण तथा उपचारमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्प योगदान दिएको भन्दै उनीहरुप्रति सम्मान पनि प्रकट गरेको छ । र, उनीहरुको सुरक्षामा संवेदनशील हुन पनि सररकालाई आग्रह गरेको छ । संसार भरी छरिरहेका नेपालीहरुको मनोबल बढाउन तथा उनीहरुका समस्यालाई संवोधन गर्न पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा रोजगारी गुमाएर पैदलै घर फकिइरहेका मजदुर र श्रमिकहरुको बसोबास तथा खानपानको व्यवस्थापनको जिम्मेवारीबाट सरकार पन्छिएको भन्दै यसलाई लाचारीको पराकाष्ठा बताइएको छ । र, यसको उचित व्यवस्थापनको पनि माग गरिएको छ । (कान्तिपुर दैनिकमा समाचार छ )