२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई काँग्रेसको प्रश्न- यो कार्यकर्ता भर्ती गर्ने समय हो र ?



अ+ अ-

काठमाडौँ । प्रतीपक्षी दल कांग्रेसले लकडाउनकाबीच सरकारले केही आयोगहरुमा आफ्ना कार्यर्ताहरुलाई जागिर खुवाउने हिसाबले भर्ती गरेको भन्दै आपत्ति प्रकट गरेको छ । प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति प्रकाशित गर्दै महामारीसँग पूरै देश जुधिरहेको संकटको घडीमा कार्यकर्ताहरुको राजनीतिक व्यवस्थापनमा लागेको भन्दै विरोध जनाएका छन् । ‘वर्तमान सरकार जनताप्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ’ उनको विज्ञप्तिमा भनिएको छ ।

सोमबारको मन्त्रिपरिषदले भूमिहीन समस्या समाधान आयोगलगायतमा केही नियुक्ति गरेको थियो । यो आयोगमा भरतपुर महानगरपालिकाको मेयरमा पराजित तत्कालीन एमालेका उम्मेदार देवि ज्ञवालीलाई नियुक्ति गरिएको छ । ‘अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनीकरण र संक्रमितहरुको उपचार गर्नु हो । यस विषयमा प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न सकेको छैन,’ कांग्रेसले माग गरेको छ, ‘सरकार गम्भीर बनोस् ।’ यस्तै, कांग्रेसले लकडाउनको उचित व्यवस्थापनमा पनि सरकार चुकेको बताएको छ । ‘स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता मात्र हैन, नियतमा नै खोट देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले महामारी नियन्त्रण तथा उपचारमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्प योगदान दिएको भन्दै उनीहरुप्रति सम्मान पनि प्रकट गरेको छ । र, उनीहरुको सुरक्षामा संवेदनशील हुन पनि सररकालाई आग्रह गरेको छ । संसार भरी छरिरहेका नेपालीहरुको मनोबल बढाउन तथा उनीहरुका समस्यालाई संवोधन गर्न पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा रोजगारी गुमाएर पैदलै घर फकिइरहेका मजदुर र श्रमिकहरुको बसोबास तथा खानपानको व्यवस्थापनको जिम्मेवारीबाट सरकार पन्छिएको भन्दै यसलाई लाचारीको पराकाष्ठा बताइएको छ । र, यसको उचित व्यवस्थापनको पनि माग गरिएको छ । (कान्तिपुर दैनिकमा समाचार छ )