१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक सम्पन्न



अ+ अ-

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज यहाँ बसेको बैठकले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्न नहुने निष्कर्ष निकालेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उहाँले राजनीतिक दलसँग वर्तमान सरकारले कुनै समन्वय नगरी निषेध गर्न खोजेको ठहर गरेको बताउनुभयो ।

यस्तै, पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जनामाथि काठमाडौँ उपत्यका छोड्न र विदेश जान नपाउने गरी सरकारले गरेको निर्णयप्रति बैठकले आपत्ति जनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले  दसैँलगत्तै असोज १९ र २० गते पुनः सचिवालय बैठक बसेर थप छलफल गर्ने र असोज २७-२९ मा केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको पनि उहाँले बताउनुभयो । रासस