१४ श्रावण २०८३, बिहीबार
,
Latest
माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरका किसानलाई मकै थन्काउने चटारो



अ+ अ-

भोजपुर। देशभर दसैँको माहोल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानलाई भने  मकैबाली थन्काउने चटारो छ ।

यहाँ प्रायः भदौ र असोज महिनामा मकै पाक्ने भएकाले किसानहरू खेतबारीमा भेला भएर मकै भाँच्ने, सुकाउने र भण्डारण गर्ने काममा बेस्त हुन्छन् ।

यहाँको लेकाली क्षेत्रको प्रमुख अन्नबालीका रूपमा मकैलाई लिइन्छ । यहाँ धान उत्पादन कम हुने भएकाले मकै अधिकांश परिवारका लागि मकै वर्षभरको खानाको मुख्य स्रोत हो । किसानहरूले हाल घरआँगन र गोठको छानोमा मकै सुकाइरहेका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार उत्पादनमा वृद्धि गर्न लेकाली भेगमा उन्नत जातका मकैबाली बिस्तार भइरहेको छ । यसले किसानको आयआर्जनमा समेत सहयोग पु¥याएको केन्द्रले जनाएको छ ।

स्थानीय बजारमा दाना बिक्री गर्न सकिने भएकाले मकै किसानले नगद आम्दानी गरिरहेका छन् ।  स्थानीय बजारमा प्रतिपाथी रु २०० देखि २५० सम्ममा मकै बिक्री हुने गरेको किसान गोरखबहादुर विष्टले बताउनुभयो ।  यहाँका नौवटै स्थानीय तहको लेकाली भेगमा मकै खेती हुने गरेको छ । रासस




भर्खरै