२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूयोर्कको अस्पतालले भर्ना लिन नमानेपछि घरमै बिते पवन मल्ल



अ+ अ-

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो । मल्ल बिगत ३ हप्तादेखी बिरामी रहेका थिए । कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको बताइएको छ । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे ।

उनि नेपाल प्रहरीको असई थिए । मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । पवनकुमारको आफ्नो मान्छे बताउने पद्यमा प्रधानले प्रहरीले आवश्यक सुचना लिएर केही समयपछी मृत्युदर्ता लिन आउनु भनेको जानकारी दिएकी छन् ।

हाल सम्म सात जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मृत्यु भईसकेको छ । यहाँ संक्रमितको संख्या समेत २ सय हाराहारीमा रहेको बताइन्छ । मृतकमध्ये चार जनाको पुष्टि गरिएको छ भने अन्य ३ जनाको रिर्पोट आउन बाँकी रहेको जनाइएको छ । अमेरिकाको न्यूयोर्कमा गैरआवासीय नेपालीहरुको बाक्लो बस्ती रहेको छ ।