२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा रोक



अध्यक्ष केपी शर्मा ओली । फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ ।

ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाइएको हो ।

भदौ २३ र २४ को आन्दोलनको छानविन गर्न गठित जाँचबुझ आयोगले उनीहरूको विदेश यात्रामा रोक लगाएको हो ।

साथै, उनीहरूले उपत्यकाबाहिर जान समेत आयोगको अनिवार्य अनुमति लिनुपर्ने बताइएको छ ।