२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र प्रधानमन्त्रीसँग वार्ता गर्न जेन—जी वार्ता टोली घोषणा



अ+ अ-

काठमाडौँ । जेन—जीका केही युवा प्रतिनिधिहरुले सरकारसँग वार्ता गर्ने भन्दै वार्ता टोली घोषणा गरेका छन् ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारीका प्रतिनिधिसँग वार्ता गरी आफूहरुको माग सम्बोधन गराउने उद्देश्यले सो वार्ता टोली गठन गरिएको जानकारी गराएको हो । वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार साथै दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ रहेको जनाइएको छ । अब थप ३ जना भने सहिद र घाइते परिवारबाट प्रतिनिधित्व गराउने वार्ता टोलीका सदस्य प्रवेश दाहालले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो,‘यो विषय परिस्थितिलाई ध्यानमा राखेर आज हामीले आधिकारिक वार्ता टोली १२ सदस्यीय फिक्स भईसकेको छ । अब ४ जना शहीद परिवार र घाइते परिवारबाट लिएर नाम घोषणा गर्छौ । अहिलेको विषय परिस्थितिलाई न्याय गर्न र राष्ट्रपतिसँग वार्ता गर्न भनेर यो टोली गठन गरेका हौं । वार्ता टोलीले राष्ट्रपतिसँग सम्झौता गर्नेछ । र, हामीले जसरी भएपनि वार्ता गर्नुपर्ने र आन्दोलनको वास्तविकता बुझाउनुपर्ने भएकाले हामी यसरी अघि बढिरहेका छौं । र, ती घाइते परिवार र सहिद परिवारलाई सम्झनुपर्ने हुन्छ । यहाँ कुनैपनि राजनीतिक दल, व्यक्ति विशेष वा हामी कोहीबाट परिचालित छैनौं । हामी जेनजीहरु एक छौं, एकजुट हुनेछौं । हिजो मात्रै हामीले भेटघाट गरेर मिराज ढुंगाना, पुरुषोतम यादव, जस्ता व्यक्तिहरुसँग भेटेर हामीले सम्वादमार्फत हामी निक्र्यौल पुगिसकेका छौं । हामीले सुदन गुरुङसँग पनि सल्लाह गरिसकेका छौं । उनको पनि हामीलाई साथ  छ । संवाद गरेर अघि बढिसकेका छौं । हाम्रो टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार साथै दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ हुनुहुन्छ । अब ३ जना हामी घाइते र सहिद परिवारबाट राख्नेछौं ।’

पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । त्यसैगरी मुलुकलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने लगायतको आफूहरुको माग रहेको पनि बताएका छन् ।