१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिल शर्मालाई धम्की दिने व्यक्ति पक्राउ



अ+ अ-

एजेन्सी । हालै भारतीय कमेडियन कपिल शर्मालाई इमेलमार्फत ज्यान मार्ने धम्की दिइएको र १ करोड रुपैयाँ फिरौती मागिएको थियो ।

मुम्बई अपराध शाखाले धम्की दिने व्यक्तिलाई पश्चिम बङ्गालको २४ परगना बाट पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको पहिचान दिलीप चौधरीका रूपमा भएको छ ।

प्रहरीका अनुसार दिलीप चौधरीले आफूलाई ग्याङस्टर गोल्डी बरार र रोहित गोदारा ग्याङको सदस्य बताउँदै कपिल शर्मालाई इमेलमार्फत १ करोड रुपैयाँ फिरौती मागेका थिए ।

प्रहरीले उनलाई एस्प्लेनेड अदालतमा पेश गरेको थियो, जहाँबाट उनलाई सेप्टेम्बर ३० सम्मका लागि प्रहरी हिरासतमा पठाइएको छ । मुम्बई प्रहरीले अहिले आरोपीसँग सोधपुछ गरिरहेको छ ।

साथै, आरोपीको गोल्डी बरार र रोहित गोदारा ग्याङसँग साँच्चिकै कुनै सम्बन्ध छ कि छैन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ ।