२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको प्रभावः कर्मचारीको तलब सुविधामा ५० प्रतिशतसम्म कटौती गरिने



अ+ अ-

काठमाडौं । नेपालका वायुसेवा कम्पनीले कोरोनाभाइरस (कोभिड–१९)को प्रभावका कारण कर्मचारीको तलब सुविधामा ५० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक संघ नेपालको बिहीबारको बैठकले मासिक रु २० हजारसम्म पारिश्रमिक पाउने कर्मचारीको तलब कटौती नगर्ने निर्णय गरेको हो । संघले कर्मचारीका लागि हुने खर्च घटाउन समिट एयरका सञ्चालक समिति सदस्य सुमन पाण्डेको अध्यक्षतामा १० सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिले वायुसेवा कम्पनीमा कार्यरत कर्मचारीको तलव तथा सुविधा कटौती गर्न सम्बन्धित वायुसेवा कम्पनीसँगको समन्वय गरेर एक साताभित्र सूचना सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ ।

संघले मासिक रु २० हजार भन्दा माथि रु ३० हजारसम्म मासिक पारिश्रमिक बुझ्ने कर्मचारीको २० प्रतिशत, रु १ लाखसम्म पारिश्रमिक पाउने कर्मचारीको ४० प्रतिशत र रु १ लाख भन्दा बढी पारिश्रमिक पाउने कर्मचारीको तलब तथा सुविधा ५० प्रतिशत कटौति गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको हिमाल खबरमा समाचार छ ।

साथै कर्मचारीलाई बेतलबी विदा लिन प्रोत्साहन गर्ने, अनिवार्य विदामा बस्न लगाउने तथा प्रतिकुल अवस्थामा कर्मचारीको करार सम्झौता रद्द गराउनेसम्मको निर्णय समितिले गराउन सक्ने छ । वायुसेवाको संख्याअनुसार माग नहुने अवस्थामा सबै वायुसेवा कम्पनीको जहाज अनुपात मिलाएर ग्राउन्डेड गराउनेसम्मको निर्णय संघले गरेको छ ।