२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एक अष्ट्रेलियाली नागरिकको मृत्यु



अ+ अ-

सिन्धुपाल्चोक। जिल्लाको बाह्रबिसे-तातोपानी खण्डअन्तर्गत भोटेकोशी गाउँपालिका-४ चारकिलोमा मोटरसाइकल दुर्घटना हुँदा एक जना अष्ट्रेलियाली नागरिकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार आज बिहान बा ८९ प ९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा अष्ट्रेलियाली नागरिक ७१ वर्षीय पेटर ज्याक्सन र ६८ वर्षीया जनेट ज्याक्सन घाइते भएका थिए ।

दुवै जनालाई स्थानीयस्तरमा उद्धार गरी धुलिखेल अस्पतालको शाखा हिन्दी अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत नर्भिक अस्पताल, काठमाडौँ पठाइएको थियो ।

जनेटको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको प्रहरी नायब उपरीक्षक खरेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार मोटरसाइकल चालक पेटर भने हाल नर्भिक अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचाररत छन् । रासस