२२ मंसिर २०८२, सोमबार
,
Latest
ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि… मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्वक चाडपर्व मनाउन स्थानीय प्रशासनको आग्रह



अ+ अ-

सुदूरपश्चिम। जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिई सुरक्षित, शान्तिपूर्वक तथा मर्यादित भई चाडपर्व मनाउन सबैलाई अनुरोध गरेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै मादक तथा नसालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, झैझगडालगायत कार्यगरी शान्तिसुरक्षालाई असर पार्ने, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा अनधिकृत मूल्यवृद्धि गर्ने, म्याद नाघेका वस्तुको ढुवानी, बिक्रीवितरण तथा प्रयोग नगर्न/नगराउन आग्रह गरेको हो ।

सवारीसाधनमा तोकिएको क्षमताभन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, तोकिएकोभन्दा बढी भाडा असुल उपर नगर्न र ट्राफिक नियमको पालना गर्न पनि सूचनामा आग्रह गरिएको छ । रासस