७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

नेतान्याहुको संयुक्त राष्ट्र सम्बोधनः अन्तर्राष्ट्रिय दबाब अस्वीकार, हमास विरुद्ध युद्ध जारी राख्ने घोषणा

नेतान्याहुको संयुक्त राष्ट्र सम्बोधनः अन्तर्राष्ट्रिय दबाब अस्वीकार, हमास विरुद्ध युद्ध जारी राख्ने घोषणा
अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्र महासभामा आलोचक र प्रदर्शनकारीले घेरिनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्ने कुनै योजना नभएको स्पष्ट गर्दै आफ्नो देशले ‘काम समाप्त गर्नुपर्छ’ भनेर अवज्ञापूर्ण भाषण गर्नुभएको छ ।

बढ्दो अन्तर्राष्ट्रिय अलगाव र आलोचनाबीच उहाँले भन्नुभयो, “पश्चिमी नेताहरू दबाबमा झुकेका हुन सक्छन्, तर इजरायल कहिल्यै झुक्दैन ।”

उहाँको सम्बोधन सुरु हुनुअघि नै धेरै मुलुकका प्रतिनिधिहरू महासभा हलबाट सामूहिक रूपमा बाहिरिएका थिए । नेतान्याहुले आफ्ना शब्दहरू घरभित्र विभाजित इजरायली जनतालाई पनि लक्षित गर्नुभएको थियो । उहाँले हालै प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णयलाई ‘यहुदीहरू र निर्दोष जनताविरुद्ध आतङ्कलाई प्रोत्साहन गर्ने कदम’ भन्दै खारेज गर्नुभयो ।

संयुक्त राष्ट्र हलमा नेतान्याहुले बोलेका बेला कोलाहलपूर्ण नाराहरू गुन्जिए भने उहाँका समर्थकहरूले ग्यालरीबाट तालि बजाएका थिए । अमेरिकाको सिट तल्लो स्तरका प्रतिनिधिले मात्र भरिएका थिए भने बेलायतको पनि वरिष्ठ उपस्थिति थिएन । धेरै सिट खाली रहेका थिए । इरानको कुर्सीमा भने गाजाको युद्धमा मारिएका बालबालिकाको फोटो राखिएको थियो ।

नेतान्याहुले फेरि आलोचकहरूलाई एन्टिसेमिटिज्मको आरोप लगाउँदै भन्नुभयो, “यहुदीविरोध कहिल्यै मर्दैन ।” अन्तर्राष्ट्रिय अदालतहरूमा युद्ध अपराधको आरोप, बढ्दो दबाब र अलगावबीच यो सम्बोधन उहाँका लागि प्रतिवाद गर्ने अवसर बनेको थियो ।

उहाँले सिरिया, लेबनान, इरान र यमनसमेतमा इजरायलले चालेका हालका सैन्य कदमहरूलाई उल्लेख गर्दै गाजालाई ‘अन्तिम बाँकी मोर्चा’ का रूपमा चित्रित गर्नुभयो ।

दमास्कससँग वार्ता सुरु भएको भन्दै उहाँले ‘शान्तिका लागि सम्भावना खुलेको’ दाबी गर्नुभयो तर अन्तिम चुनौती हमास भएको दोहोर्‍याउनुभयो ।

नेतान्याहुले आफ्नो प्रमुख सहयोगी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बार प्रशंसा गर्नुभयो । उहाँले परम्परागत शैलीमै नक्सा, चिह्न र ‘द कर्स’ शीर्षकसहित भिजुअल एड्स प्रयोग गरेर सन् २०२३ अक्टोबर ७ को हमास आक्रमण र इजरायली बन्धकहरूको प्रसङ्ग औँल्याउनुभयो ।

उहाँको सन्देश गाजामा पनि प्रसारित गरिएको इजरायली सरकारको दाबी छ, जसका लागि लाउडस्पिकर र मोबाइल प्रयोग भएको बताइएको छ । तर एपी पत्रकारहरूले प्रत्यक्ष प्रमाण भने देखेनन् ।

वाडी गाजाका विस्थापित मोनिर तालिबले प्रतिक्रिया दिँदै भन्नुभयो, “हामी ढिलो वा चाँडै स्वतन्त्रता पाउँछौँ ।” अर्का विस्थापित अमजद अब्देल दाइमले भन्नुभयो, “उहाँले हमासलाई लक्ष्य बनाएको भन्नुहुन्छ, तर युद्ध हामी जस्ता साधारण, गरिब मानिसहरूविरुद्ध चलिरहेको छ ।”

हमासले नेतान्याहुलाई युद्धलाई निरन्तरता दिने झूटो बहानाबाजी गरेको आरोप लगाएको छ । हमासले विज्ञप्ति जारी गर्दै भनेको छ, “यदि उहाँले बन्धकबारे साँच्चिकै चिन्ता गरेका भए उहाँले नरसंहार र गाजाको विनाश रोक्नुहुन्थ्यो ।”

हालै अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, बेलायतलगायतले प्यालेस्टिनी राज्य मान्यता दिएकाकाले यस वर्षको संयुक्त राष्ट्र सम्बोधन नेतान्याहुका लागि उच्च जोखिमपूर्ण मानिएको थियो । युरोपेली सङ्घ ९इयु० ले कर र प्रतिबन्धबारे छलफल गरिरहेको छ । महासभाले इजरायललाई दुई–राज्य समाधानप्रति प्रतिबद्ध हुन आग्रह गर्ने प्रस्तावसमेत पारित गरिसकेको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले नेतान्याहुविरुद्ध मानवताविरुद्धको अपराधमा गिरफ्तारी वारेन्ट जारी गरिसकेको छ, जसलाई उहाँले अस्वीकार गर्नुभएको छ । साथै, संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतले दक्षिण अफ्रिकाले गाजामा नरसंहार गरेको आरोपबारे सुनुवाइ गरिरहेको छ ।

महासभा हल नजिकै सयौँ प्यालेस्टिनी समर्थकले प्रदर्शन गर्दै ‘इजरायलले मानवताको विरुद्ध युद्ध गरिरहेको छ’ भन्दै नारा लगाएका थिए ।

इजरायल समर्थक गैरसरकारी संस्था युएन वाचले भने नेतान्याहुको सम्बोधनलाई आतङ्कवादविरुद्धको दृढता र छिमेकीहरूसँग सम्भावित शान्तिको दृष्टिकोणको मिश्रण भएको भन्दै प्रशंसा गरेको छ ।

तर विरोध बढ्दो छ । सुरक्षा परिषद्को विशेष सत्रमा धेरै राष्ट्रले सन् २०२३ को हमास आक्रमणलाई निन्दा गरे पनि इजरायलको अत्यधिक आक्रमणलाई आलोचना गर्दै तत्काल युद्धविराम र मानवीय सहायता खोल्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार गाजामा इजरायली आक्रमणले हालसम्म ६५ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ, ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या विस्थापित भएको छ र लाखौँ भोकमरीको जोखिममा छन् ।

अहिलेसम्म एक सय ५० भन्दा बढी देशले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् । यद्यपि संयुक्त राज्य अमेरिकाले इजरायललाई स्पष्ट समर्थन नदिए पनि राष्ट्रपति ट्रम्पले पश्चिम किनार विलयलाई अस्वीकार गर्ने सङ्केत गर्नुभएको छ । नेतान्याहुको सरकारले भने त्यस्तो कदमलाई समर्थन गर्ने सदस्यहरू राखेको छ, जसले विवादास्पद नयाँ बस्ती परियोजना अगाडि बढाएको छ ।

नेतान्याहु र ट्रम्पबीच सोमबार भेट हुने कार्यक्रम छ । ट्रम्पले सामाजिक सञ्जालमा गाजासम्बन्धी छलफललाई ‘फलदायी’ भन्नुभएको छ । नेतान्याहुले पछि संयुक्त अरब इमिरेट्स (युएई) का विदेशमन्त्रीसँग पनि भेट गर्नुभयो । युएईले पश्चिम किनार विलय भए आफ्नो कूटनीतिक सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएको छ ।

यसैबीच, प्यालेस्टिनी प्राधिकरणका नेता महमुद अब्बासले महासभामा भिडियो सम्बोधन गर्दै नयाँ मान्यतालाई स्वागत गर्नुभयो र अझ बढी कदम चाल्न आग्रह गर्नुभयो । प्यालेस्टिनीहरूले पश्चिम किनार, पूर्वी जेरुसेलम र गाजालाई भविष्यको राज्यको रूपमा हेरेका छन्, जसलाई ‘दुई–राज्य समाधान’ भनिन्छ । नेतान्याहुले भने यस्तो राज्य निर्माणले हमासलाई पुरस्कृत गर्ने दाबी गर्नुभयो ।

भाषणको अन्त्यमा नेतान्याहुले भन्नुभयो, “इजरायलले सबै राष्ट्रको तर्फबाट कट्टरपन्थी इस्लामसँग लडिरहेको छ । तपाईंलाई थाहा छ—यो तपाईंको लडाइँ पनि हो ।”