२१ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्रीको बादीको स्पष्टिकरणः महिलामाथि हुने यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भिडभाड कम गर्न ‘ब्लु बस’ सेवा पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्यप्रणालीमा व्यापक सुधार गरिँदै देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने? गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ? तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोला–मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको सङ्कट



अ+ अ-

सिरहा । कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर पानी ल्याउनुपर्ने बाध्यता थियो गोलबजार नगरपालिका–१ र ३ गोला–मक्सुरका बासिन्दाको । तर, अहिले चुरेफेदका घर आँगनमै धारा छ त्यो चपुत्रासहित (धारामा ढलान गरी बनाइएको आकर्षक डिजाइन) । गोला मुक्सर खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

“पहिले एउटै धारामा पालो कुर्दै नुहाउनुपथ्र्यो”, स्थानीय सुनमाया विक सम्झिनुहुन्छ, “अब आआफ्नो घरमै धारा छ, न त हतार छ, न अप्ठ्यारो ।” एक घैटो पानीका लागि घण्टौ पालो कुर्नुपरेको क्षण उहाँलाई अझै ताजै लाग्छन् । जनजाति र दलित समुदायको बाहुल्यता रहेको यो बस्तीमा खानेपानीको सङ्कट नयाँ थिएन ।

बस्तीका अर्का स्थानीय सञ्जु श्रेष्ठ भन्नुहुन्छ, “कुवा सुक्न थालेपछि त हाहाकार नै भएको थियो, अहिले भने त्यो दिन सम्झना सरह मात्रै भयो ।” स्थानीय खोला छेउको पुरानो कुवा बाढीले बगाएपछि गाउँमा पानीको स्रोत लगभग समाप्त भएको थियो । जिल्ला खानेपानी कार्यालयले १० घर बराबरको एक धारा बनाएको व्यवस्था इन्धन अभावका कारण जेनेरेटर चल्न नसक्दा बन्द हुन पुग्यो । गाउँमा बिजुली नपुग्दासम्म जेनेरेटरमै आयोजना निर्भर थियो ।

यी नै यावत समस्याको समाधान स्वरूप गोलबजार नगरपालिका, वेल्थ हङ्गर हिल्फे र सबल नेपालको साझेदारीमा अघि बढ्यो गोला मुक्सर खानेपानी परियोजना । यस परियोजनाको खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम गगन थापामगर भन्नुहुन्छ, “पाँच दशकपछि यो बस्तीमा पुनःसुरक्षित र भरपर्दो खानेपानीको व्यवस्था हुनुले हामी सबैको जीवन सहज भएको छ ।” गत पुसदेखि गाउँलेका लागि खानेपानी वितरण सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

यस खानेपानी आयोजनाको आवश्यकता सम्बन्धमा स्पष्ट पार्दै सबल नेपालका पालिका संयोजक देवेशकुमार चौधरीले भन्नुहुन्छ, “हामीले यो आयोजना गर्दा स्थानीयको आवश्यकता बुझ्यौँ, समुदायलाई समेट्यौँ, अनि ‘एक घर, एक धारा’ को लक्ष्यमा केन्द्रित भयौँ ।”

उहाँका अनुसार उक्त आयोजनाको कूल लागत रु ३७ लाख २६ हजार २६९ रहेको छ । परियोजनाबाट रु २५ लाख १० हजार २६९, नगरपालिकाबाट रु १२ लाख १६ हजार र स्थानीयको श्रमदानबाट आयोजना सम्पन्न भएको हो । नगरप्रमुख श्यामकुमार श्रेष्ठले पानीको सङ्कट गहिरिँदो भएकाले त्यसलाई निराकरण गरी जनतालाई जसरी पनि पानी खुवाउने लक्ष्य नगरको रहेको र त्यसैको उदाहरण यो आयोजना रहेको बताउनुभयो ।

परियोजनामा १०÷१० हजार लिटरका तीन ट्याङ्की, कूल ३० हजार लिटरको भण्डारण क्षमता र घरघरमा धारा तथा चपुत्रा बनाइएका छन् । पानी वितरणपछि गाउँघरमा आउँदासमेत हिचकिचाउनुपर्ने अवस्थाबाट मुक्ति मिलेको स्थानीयको भनाइ छ ।

सस्तो, सरल र सामुदायिक सहभागितामा आधारित यो आयोजना अब विस्तारै अन्य टोलका लागि उदाहरण बन्ने आशा गरिएको सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हामी यस्ता योजनालाई समुदायसँग सहकार्य गरेर दिगो विकासको उदाहरण बनाउन चाहन्छौँ ।”




भर्खरै