२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब इजरायली युद्ध रोक्ने बेला भयो, वेस्ट बैंकलाई इजरायली कब्जामा जान दिँदैनौँः ट्रम्प



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंक कब्जामा लिन अनुमति नदिने बताउनुभएको छ । इजरायलले यसबारे नसोचे नै राम्रो हुने उहाँको चेतावनी छ । अब इजरायलको युद्ध रोक्ने बेला आइसकेको र धेरै भइसकेको उहाँको भनाइ छ ।

ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभाको बैठकमा अरब र मुस्लिम नेताहरूलाई विलय अनुमति नदिने प्रतिवद्धता जनाउनु भयो । इजरायल–हमास द्वन्द्व अन्त्य गर्न र गाजालाई शासन गर्न गैर–हमास निकाय स्थापना गर्न ट्रम्प प्रशासनले प्रश्तुत गरेको २१–बुँदे योजनाबारे पनि छलफल भएको छ ।

गाजामा बढ्दो मानवीय संकटको बीचमा इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै जाँदा पछिल्लो योजना आएको हो। साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानका नेताहरू र वरिष्ठ अधिकारीहरूले बैठकमा भाग लिएका थिए । संयुक्त अरब इमिरेट्सले पहिले नै चेतावनी दिएको छ कि इजरायलीले गाभेको कुनैपनि कदम रातो रेखा हुनेछ ।