३१ श्रावण २०८३, आईतवार
,
Latest
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री खरेलद्वारा विज्ञापन बोर्डको सेवा प्रवाहको जानकारी



अ+ अ-

काठमाडौँ। विज्ञापन बोर्डलाई थप व्यवस्थित बनाउँदै प्रदेश र स्थानीय तहको सहभागितामा विज्ञापन कर संकलनको प्रबन्ध गर्ने विषयमा छलफल भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार बोर्डको सेवा प्रवाहका बारेमा जानकारी लिनुभएको थियो । सो अवसरमा मन्त्री खरेलले बोर्डलाई थप प्रभावकारी बनाउन सरकारको तर्फबाट सहयोग हुने बताउनुभएको थियो ।

सञ्चारमन्त्री खरेलले बोर्डले सम्पादन गरिरहेका काम कारवाहीका बारेमा जानकारी लिनुभएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले जानकारी दिनुभयो ।

सो अवसरमा बोर्डका तर्फबाट सञ्चारमन्त्री खरेल समक्ष आमसञ्चार माध्यम, होर्डिङ बोर्ड, सामाजिक सञ्जाल र मेला महोत्सवमा हुने विज्ञापनको नियमन तथा व्यवस्थापनमा विषयमा छलफल भएको थियो ।

प्रदेश सरकार र स्थानिय तहको सहभागीता गराई विज्ञापन बजारलाई व्यवस्थित बनाउन र विज्ञापन कर स्थानीय तहबाटै संकलन हुने व्यवस्थाकालागि मन्त्री खरेल समक्ष अनुरोध गरिएको अध्यक्ष हुमागाईले उल्लेख गर्नुभयो । रासस