१३ असार २०८३, शनिबार
,
Latest
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट लण्डनमा थप एक भूपू सैनिकको निधन



अ+ अ-

काठमाडौं । कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मंगलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए ।

पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

अध्यक्ष रेग्मीका अनुसार थापा सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आएका थिए ।