४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘परोपकार संस्थाले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दिएको योगदान अतुलनीय छ’



अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले परोपकार संस्थाले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दिएको योगदान अतुलनीय रहेको धारणा राख्नुभएको छ ।

आज यहाँ आयोजित परोपकार संस्थाको ७९औँ स्थापना दिवस एवं प्रा हरिप्रसाद पराजुलीद्वारा लिखित ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कङ्साकार’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उहाँले परोपकार संस्थाले दिएको शिक्षाका कारण अधिकांश विद्यार्थी अहिले सरकारी क्षेत्रको उच्च तहमा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “परोपकार संस्थाको योगदान अतुलनीय छ । यस संस्थाबाट शिक्षा प्राप्त गरेका विद्यार्थी अहिले सरकारी तथा विभिन्न प्रतिष्ठित संस्थामा उच्चपदमा कार्यरत छन् । यो संस्था केवल एउटा शैक्षिक संस्था नभई समाज रूपान्तरणको अग्रणी आधार हो ।”

पूर्वन्यायाधीश लालले यस संस्थामा आफूलाई प्रवेश गराउने तत्कालीन प्रधानाध्यापक हितकरवीरसिंह कङ्साकारको ठूलो योगदान रहेको स्मरण गर्दै उहाँलाई धन्यवादसमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दयावीरसिंहजस्ता व्यक्तित्वहरू समाजका लागि प्रेरणाको स्रोत हुन् । यस्ता व्यक्तिहरूको जीवनी पढ्दा हामीमा समाजप्रतिको जिम्मेवारीबोध थप बलियो हुन्छ ।”

परोपकार संस्थाका अध्यक्ष हितकरवीरसिंह कङ्साकारले यस संस्थाले अनाथ बालबालिकाको शिक्षादेखि अन्य सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताउँदै आगमी दिनमा यसलाई निरन्तरता दिने जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रा हरिप्रसाद पराजुलीद्वारा लिखित पुस्तक लोकार्पण गर्नुका साथै लेखकलाई सम्मानसमेत गरिएको थियो । परोपकार संस्थाको विगतदेखि वर्तमानसम्मको योगदान, दयावीरसिंह कङ्साकारको जीवन दर्शन तथा प्रा पराजुलीद्वारा लिखित पुस्तकको लेखकीय उद्देश्यबारे विस्तृत चर्चा गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, विशिष्ट व्यक्तित्वहरू, शिक्षक, समाजसेवी, लेखक तथा विद्यार्थीहरूको उपस्थिति थियो । रासस