४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पद्मोदय स्कुलमा सटर हटाइएपछि खेलमैदान निर्माण हुँदै



अ+ अ-

काठमाडौँ। पुतलीसडक चोक र भृकुटीमण्डपको बीचमा अवस्थित करिब ८० वर्ष पुरानो पद्मोदय विद्यालय परिसरभित्र रहेका सटर हटाइएको छ।

स्थापना कालदेखि नै पद्मोदयसहितका धेरै सामुदायिक विद्यालयहरूमा हाताभित्र सटर निर्माण गरी पसल वा पार्टी प्यालेस सञ्चालन गर्ने प्रचलन रहँदै आएको थियो। कतिपय अवस्थामा विद्यालयले भाडा नै नपाउने, पाएको भाडा पनि बजार दरभन्दा निकै कम हुने जस्ता समस्या निरन्तर विवादको विषय बनेका थिए।

यसरी व्यावसायिक क्रियाकलाप सञ्चालन हुँदा विद्यालयको मूल उद्देश्य – अध्ययन–अध्यापन – प्रभावित हुनुका साथै विद्यार्थीलाई खेल्ने मैदान र सभा–सम्मेलनका लागि उपयुक्त स्थानसमेत नपर्ने अवस्था सिर्जना भएको थियो।

विद्यार्थीमै सबैभन्दा ठूलो अधिकार रहने भन्दै काठमाडौँ महानगरपालिकाले नेपाल सरकारको नीतिअनुरूप विद्यालयलाई व्यावसायिक केन्द्र होइन, शैक्षिक थलोका रूपमा विकास गर्ने निर्णय गरेको हो। त्यसैअनुसार पद्मोदय विद्यालयमा रहेका सटर हटाइएको महानगरले जनाएको छ।

हाल सो क्षेत्रमा विद्यार्थीका लागि खेलमैदान निर्माण गर्न टेन्डर आह्वान भइसकेको छ भने विद्यालयलाई महानगरबाट थप अनुदान समेत उपलब्ध गराइनेछ।

महानगरका अनुसार अन्य सामुदायिक विद्यालयहरूमा पनि पद्मोदयको उदाहरणलाई अघि बढाइनेछ। गुणस्तरीय शिक्षा र अतिरिक्त गतिविधिको अवसरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता महानगरले दोहोर्‍याएको छ।

विद्यालय केवल विद्यार्थीको भविष्यका लागि मात्र नभई मुलुक, सभ्यता र संस्कृतिको आधार भएकाले यसलाई शुद्ध शैक्षिक केन्द्रका रूपमा अघि बढाउन निरन्तर पहल गरिने महानगरको भनाइ छ।