१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

बारीमा कुहिँदै तरकारी

बारीमा कुहिँदै तरकारी
अ अ+ अ-

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–२ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र १० कठ्ठामा बन्दागोभी खेती गर्नुभएको छ । छिमेकीबाट पाँच प्रतिशत ब्याजमा रु चार लाख ऋण लिएर उहाँले तरकारी खेती गर्नुभएको हो । आफ्नो खेतबारी उत्पादन भएको तरकारीबाट अहिलेसम्ममा रु पाँच हजार मात्र आम्दनी भएको उहाँको भनाइ छ ।

कोभिड–१९ बाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण कृषक घरबाट बाहिर निस्कन नपाएपछि उत्पादित तरकारी खेतबारीमै कुहिने गरेको मेहताले बताउनुभयो ।

इनरुवा–२ कै रामचन्द्र मेहताले समेत तीन लाख छिमेकीबाट ऋण लिएर व्यावसायिक तरकारी खेती गर्नुभयो । उहाँको पनि तरकारी बिक्री नभएर खेतमै कुहिन थालेपछि चिन्ताले सताएको छ ।

उहाँहरु जस्तै सुनसरीका थुप्रै कृषकको समस्या यस्तै छ । तरकारी बिक्रीवितरणका लागि थोक हाटबजार नलागेको, सानासाना बजारसमेत बन्द भएको र तरकारी लिएर घर बाहिर निस्कँदा प्रहरीले धरपकड गर्ने गरेका कारण झन् तनाव भएको कृषकले बताएका छन् ।

लकडाउनका बेला सरकारले बिहान र बेलुका गरेर कम्तीमा दुई घण्टाका दरले थोकमा उत्पादित तरकारीको बिक्रीवितरण गर्ने वातावरण बनाइदिनुपर्ने कृषकले माग गरेका छन् । जिल्लामा वार्षिक रुपमा एक हजार दुई सय बिघामा तरकारी खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र इनरुवाका प्रमुख नुनुलाल उराँवले बताउनुभयो । कृषकलाई भीडभाड नगरी एउटाएउटा गरेर गाडीमा राखी बिक्रीवितरण गर्नका लागि छुट दिइएको प्रदेश नं १, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालया प्रवक्ता डा राजेन्द्र उप्रेतीले बताउनुभयो ।