१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

सरकार संवेदनशील नहुदा श्रमिक बर्गले दुःख पाए– सहमहामन्त्री डा.महत

सरकार संवेदनशील नहुदा श्रमिक बर्गले दुःख पाए– सहमहामन्त्री डा.महत
अ अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले घोषणा गरेको लकडाउनको अविध बढाउँदै गएसँगै देशका मजदुर, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने बर्ग तथा समग्र सर्वसाधारण नागरिकप्रति सरकार आफै संवेदनशील नहुदा नागरिकले दुःख पाएको बताएका छन् ।

सरकार मजदुर तथा गरिखाने बर्गका लागि संवेदनशील बन्न नसकेको भन्दै उनले लकडाउनको अवधि लम्ब्याउँदै गएपछि यो बर्गको न्युनतम आवश्यकताको बारेमा सरकारले सोच्नुपथ्र्याे भन्दै यसतर्फ तत्कालै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसरी राज्यले नागरिकलाई लकडाउनमा बस भनेर मात्र हुदैन अप्ठेरोमा परेका बर्गको कम्तीमा पनि न्युनतम खाने, बस्नेसम्मको व्यवस्था सरकारले गर्नुपर्छ उनले भनेका छन् ।

तर सरकार यो बर्गको समस्याप्रति गम्भीर हुन सकेन– उनले भने । डा.महतले भने– ‘लकडाउनमा बस भनेर मात्र हुदैन, आज यतिका दिन भइसक्यो जनता त बसेकै छन् नि । तर मजदुर बर्गका न्युनतम समस्या र आवश्यकताप्रति सरकारले विशेष व्यवस्था गर्नुपथ्र्याे त्यो गर्न सकेन र उनीहरुले अहिले दुख पाइरहेका छन् ।

नागरिकहरु देशका विभिन्न ठाउँमा अलपत्र परिरहेको यो अवस्थामा सरकार केही गर्न र बोल्न पनि नसक्नु दुखद भएको उनले बताए ।

उनले प्रश्न गरे– राजधानी या शहरमा बसेका ती मजदुरलाई यसरी रातारात हिँडेर घर जानुपर्ने अवस्था किन आयो ? सरकारले निम्नबर्गीय तथा सबै सर्वसाधारण जनतालाई राहात दिइएको भनेको छ, यदि राहात पाएको भए यसरी कष्टपूर्ण रुपमा उनीहरु किन दिनहुँ हिँड्नु परिरहेको छ ?

सहमहामन्त्री डा.महतले विभिन्न जिल्लामा अलपत्र परिरहेका नागरिकलाई उद्धार गर्न, खाना र बासका साथै आवश्यक न्युनतम सहयोग गर्न नेपाली काँग्रेसका सम्बद्ध जिल्लाका नेता तथा समग्र कार्यकर्ताहरुलाई काँग्रेसले निर्देशन दिएको जानकारी पनि दिए ।

यस्तो अप्ठेरो परिस्थितिमा अलपत्र परेर जुन जिल्लामा मजदुर तथा सर्वसाधारण नागरिक पुगेका छन् उनीहरुलाई आवश्यक सहयोग र सक्दो गर्न हामीले सबै जिल्लाका साथीहरुलाई निर्देशन दिइसकेका छौँ– डा.महतले भने ।