काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीहरुमाथि सशक्त कानुनी कारबाही हुने बताउनु भएको छ ।
राष्ट्रको नाममा पहिलो सम्बोधनका गर्दे प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीहरुमाथि सशक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
उहाँले २१ फागुनभित्र भयरहित र स्वतन्त्र निर्वाचन हुने दाबी गर्दै सबै राजनीतिक दललाई भाग लिने तयारी गर्न आग्रह गर्नुभयो ।
तस्बिर -प्रदीपराज वन्त,रासस










