१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तुइन खोलामा ठूलो पहिरो गएर समस्या भयो, हटाउन आवश्यक भन्दा बढी उपकरण परिचालन गरेका छौँ’



फाइल फोटो
अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुलिङ–नारायणगढ सडकखण्डको तुइन खोला ठूलो पहिरो गएको र हटाउनका लागि आवश्यक भन्दा बढी नै उपकरण परिचालन गरिएको बताउनुभएको छ ।

पटकपटक त्यहाँ पहिरो पन्छाएर सडक खुलाइएको भएपनि फेरि अझ ठूलो सुख्खा पहिरो खस्दा सडक सञ्चालनमा अवरोध सिर्जना भएको उहाँले बताउनु भयो । उहाँकाअनुसार पहिरो खसिरहने भएकाले राति काम गर्न सकिने अवस्था छैन, ठूलो जोखिम छ । आजदेखि पानी परेन भने राति पनि काम गरेर भोलि बिहानसम्ममा सडक निर्वाध रुपमा सुचारु गरिने उहाँको भनाइ छ । घिसिङकाअनुसार पहिरोले सम्पूर्ण यातायात अवरुद्ध भने गरेको छैन । वैकल्पिक रुपमा कान्ति पथ र त्रिभूवन राजमार्ग सुधार गरेर सञ्चालनमा ल्याइएको छ भने विपी राजमार्ग र कोदारी राजमार्ग निर्वाध चलिरहेका छन् । उहाँकाअनुसार एक डेढ महिनादेखि रोकिएका धेरै मालबाहक कन्टेनरहरु सीमा नाकाबाट पास भइसकेका छन्, अहिले निर्बाध रुपमा सञ्चालन भइरहेको छ ।

मन्त्री घिसिङकाअनुसार पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालनमा छ । सरकारले मुलिङ–नारायणगढ सडकखण्डलाई प्राथमिकतामा राखेर यथाशीघ्र यातायात सहज बनाउने तयारी अघि बढाएको उहाँको भनाई छ ।

मन्त्री घिसिङले भन्नुभयो– ‘बाढीपहिरोको विपद् आएको छ । मुख्य राजमार्ग मुग्लिङदेखि नारायणगढ रुटमा धेरै ठूलो पहिरो गएको छ । हामीले पहिरो पन्छाएर पनि खुलाएका थियौं । दोस्रो पटक त्यो भन्दा पनि ठूलो पहिरो गएको छ । सुख्खा पहिरो जुन गएको छ, त्यसले गर्दा ठूलो समस्या आएको छ । हामीले उपकारणहरु चाहिने भन्दा बढी प्रयोग गरेकै छौं । त्यो भन्दा धेरै प्रयोग गर्न सकिँदैन । पहिरो खसिरहने राति काम गर्न नसकिने, एकदमै ठूलो रिक्स त्यहाँ भएको छ । त्यसलाई हामीले दिनमा मात्रै काम गर्नुपर्ने स्थीति छ । आजदेखि हामीले पानी परेन भने राति पनि काम गर्नेछौं । आज राति, भोली बिहानसम्ममा क्लियर हुनसक्छ । पहिरोका कारण सबै ब्लक भएको छैन । हामीले कान्तीपथ र त्रिभूवन राजमार्ग सुधार गरेर बाटो खुलाएका छौं । विपी राजमार्ग चलिरहेको छ । कुनै समस्या छैन । दिन रात चलिरहेको छ । कोदारी राजमार्ग पनि खुलेको छ । अहिले एक डेढ महीनादेखि हाम्रो धेरै मालबाहक कन्टेनरहरु बोर्डरमा बसेका थिए । ती सबै पास भइसकेको छ । अहिले निर्वाध रुपमा चलेको छ । मुख्य समस्या भनेको अहिले मुग्लिङ–नारायणगढको समस्या हो । तुईन खोलामा ठूलै पहिरो गएको छ ।’

मन्त्री घिसिङकाअनुसार पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालनमा छ । कहिले काहीँ समस्या आउनसक्छ तर समस्या आएपनि तत्काल खुलाउने हिसावले अघि बढेको उहाँले बताउनु भयो ।