२५ जेष्ठ २०८३, सोमबार
,
Latest
काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिनुहुँदैन’



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गर्नुभएको छ ।

बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । अब नयाँ र वैकल्पिक शक्तिहरूले  देशको नेतृत्व लिनुपर्ने उहाँको धारणा छ ।

उहाँले जेन—जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकार युवापुस्ताप्रति प्रतिवद्ध हुनुपर्ने पनि बताउनु भयो । उहाँले अहिले सरकार राजनीतिक दलहरुसँग ढल्किए इतिहासले लेखाजोखा गर्ने चेतावनी पनि दिनुभयो । उहाँले जेन—जी आन्दोलनको क्रममा सुरक्षा संयन्त्रबाट गम्भस्र त्रुटी भएको समेत बताउनु भयो । उहाँले सुरक्षा निकायले युवाहरुमाथि बल प्रयोग गरेको तथा मुलुकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आगजनी हुँदा समेत तमासे भएर बसेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई म आग्रह गर्न चाहन्छु । तपाईहरुको प्रतिवद्धता बिद्रोही शक्तिसँग हुनुपर्छ । उहाँहरुकै सरसल्लाहमा काम गर्नुपर्छ । कुनैपनि बहानामा पुराना शक्तिहरुसँग ढल्कने काम गर्नुभयो भने तपाईहरुको पनि इतिहासले हिसाव गर्नेछ । हाम्रो सुरक्षा संयन्त्रको पनि गम्भीर कमजोरी देखियो । पहिलो कुरा त बल प्रयोग गरेर युवाहरुको हत्या गर्नु हुँदैनथ्यो । अर्को दिन सिंहदरबारसहित राज्यका अंगहरु जलिरहँदा एउटा दमकल समेत नदौड्नु, सरकारले पालेर राखेको सुरक्षा तमासे भएर बस्यो, त्यो के भइरहेको थियो । त्यसको उहाँहरुले पनि समिक्षा गर्नुपर्दछ । र पूरा भ्रष्टिकृत भइसकेका राजनीतिक दलहरु अब कुनै पनि बहानामा किन्तु परन्तु नगरीकन फरि टाउको उठानउ दिनु हुँदैन । अब नयाँ र वैकल्पिक शक्तिहरु आएर नै देशको नेतृत्व लिनुपर्छ ।’

मुलुकको शासकीय सुधार गर्दै दिगो विकासको बाटोमा लैजान युवाहरु संस्थागत भएर अघि बढ्नुपर्नेमा उहाँको जोड छ